spot_img

खाद्य विभागले तोकेको मेलामाइनको मापदण्ड वैज्ञानिकः विज्ञ

spot_img

खाद्य वैज्ञानिक तथा पोषण विज्ञहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको दुग्ध पदार्थमा मेलामाइनको मापदण्ड वैज्ञानिक तथा अन्तराष्ट्रिय अभ्यास अनुसार कै भएको बताएका छन् । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ, नेपाल पोषणविद तथा डाइटिसियन संघ र नेपाल डेरि वैज्ञानिक संघले संयुक्त रुपमा एक विज्ञाप्ति निकाल्दै सरकारको निर्णयको बचाउ गरेका हुन ।

नेपाल पोषणविद तथा डाइटिसियन संघका अध्यक्ष डा. अतुल उपाध्याय, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष नवराज उपाध्याय र नेपाल डेरि वैज्ञानिक संघ अध्यक्ष टेक ब. थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा तोकिएको सुरक्षित मात्राभन्दा बढि मेलामाइनयुक्त खानेकुराहरु उपभोग गरेमा यसका प्राणघातक असरहरु हुने भएता पनि अहिले तोकिएको मापदण्ड सुरक्षित भएको दाबि गरिएको छ । “खाद्य स्वच्छता कायम गर्न तथा गुण नियन्त्रण गर्न हरेक खाद्य वस्तुको प्राविधिक मापदण्ड तोक्नै पर्ने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोडेक्सको मापदण्ड, अन्तराष्ट्रिय अभ्यास तथा जनस्वास्थ्य रक्षाका लागि खाद्य पदार्थमा मेलामाइनको अधिकतम मात्रा तोक्नै पर्ने अवस्थामा यसको मात्रा शुन्य तोक्दा अव्यावहारिक हुने भएकाले कोडेक्स एलिमेन्टेरियस कमिसनले दिएको मार्गदर्शनबमोजिम तोकेको देखिन्छ” विज्ञप्तिमा भनिएको छ ।

गत केहि दिनदेखि विभागले दुग्धजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन ‘मेलामाइन’ मिसाउन अनुमति दिएको समाचार प्रकाशित भएका थिए । विभागले २०७५ बैशाखमा राजपत्रमा सुचना प्रकाशित गरि शिशुका लागि ठोस आहारमा प्रतिकिलोग्राममा १.० मिलिग्राम, तरल दूधमा प्रतिकिलोग्राममा ०.१५ मिलिग्राम, दूध तथा दुग्धजन्य पदार्थमा प्रतिकिलोग्राममा २.५ मिलिग्राम र अन्य खाद्य पदार्थमा एक किलोमा २.५ मिलिग्राम भन्दा कम मेलामाइनको मापदण्ड तोकेको थियो ।

विज्ञप्तिको पुर्ण पाठ

प्रेस विज्ञप्ति
सरकारले तय गरेको मेलामाइनसम्बन्धी मापदण्ड जनस्वास्थ्य रक्षाका लागि

विगत केहि दिनदेखि सञ्चार माध्यमहरुमा प्रकाशन प्रसारणमा आइरहेका शिशुआहारमा मेलामाइनको मापदण्डसम्बन्धी समाचारले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ, नेपाल पोषणविद तथा डाइटिसियन संघ र नेपाल डेरि वैज्ञानिक संघको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हामी तीन वटै संस्थाहरु बीच गहन छलफल गरि जनस्वास्थ्य सरोकारको यस विषयको प्राविधिक वास्तविकता बारे धारणा सार्वजनिक गर्न आवश्यक भएकोले यस विज्ञाप्ति प्रकाशन गरिएको छ ।
मेलामाइन नाइट्रोजनयुक्त रसायन हो जसलाई प्लाष्टिक बनाउन, कोटिङ गर्न तथा अन्य विभिन्न प्रयोजनमा औधोगिक कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । तोकिएको सुरक्षित मात्राभन्दा बढि मेलामाइनयुक्त खानेकुराहरु उपभोग गरेमा यसका प्राणघातक असरहरु छन् ।
दूग्ध पदार्थमा उत्पादन तथा प्रशोधनका बेला विभिन्न श्रोतबाट मेलामाइन मिसिनसक्ने जोखिम हुने तथा प्राकृतिक रुपमा समेत आउन सक्ने भएकाले यसको मात्रा शुन्य तोक्दा अव्यावहारिक हुने निष्कर्षसहित कोडेक्स एलिमेन्टेरियस कमिसनले राष्ट्रसंघिय खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनको समेत संलग्नतामा मेलामाइनको सुरक्षित मात्राको मापदण्ड तय गरेको छ । यसरि तोकिएको मापदण्ड खाद्य स्वाच्छता, जनस्वास्थ्यमा पर्ने असर तथा विश्वव्यापि खाद्य व्यापारिकरणलाई समेत आधार मानि बनाइएको हुनाले सुरक्षित तथा सर्वमान्य मानिन्छ । कोडेक्स एलिमेन्टेरियस कमिसनको सन २०१० मा १३० राष्ट्र सम्मिलित ३३औ बैठकले मेलामाइनको अधिकतम मात्रा शिशु दूग्धजन्य पाउडरमा १ मिलिग्राम प्रति केजी, अन्य खाद्य वस्तु तथा फिडमा २.५ मिलिग्राम प्रति केजी र तरल शिशु दूधमा ०.१५ मिलिग्राम प्रति केजी तोकिएको छ । यसैका आधारमा नेपाल सरकारले उक्त खाद्य वस्तुहरुको मापदण्ड तय गरेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन र युरोपेली खाद्य स्वच्छता प्राधिकरणले मेलामाइनको दैनिक सहन क्षमता ९त्म्क्ष्० ०.२ मिलिग्राम प्रति केजी शारीरिक तौल प्रति दिन तोकेको छ । ६ महिनाभन्दा कम उमेरको शिशुले प्रतिदिन ७५० मिलिलिटर दूध खान्छ भन्ने मान्ने हो भने अहिले तोकिएको मापदण्ड अनुसार उसले ०.१५ मिलिग्राम प्रति केजी मेलामाइन भएको दूध खायो नै भने पनि त्यो मात्रा दैनिक सहन क्षमताभन्दा दशौ गुणाले कम हो । त्यस्तै यदि एउटा शिशुले पाउडर दूध एक दिनमा ५०० ग्राम खायो भने अहिले तोकिएको मापदण्ड अनुसार अधिकतम मेलामाइन भएको दूध खाएको मान्दा पनि मेलामाइनको उक्त मात्रा दैनिक सहन क्षमताको मात्राभन्दा चार गुणाले कम हो ।
खाद्य स्वच्छता कायम गर्न तथा गुण नियन्त्रण गर्न हरेक खाद्य वस्तुको प्राविधिक मापदण्ड तोक्नै पर्ने हुन्छ । त्यसै अनुरुप खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोडेक्सको मापदण्ड, अन्तराष्ट्रिय अभ्यास तथा जनस्वास्थ्य रक्षाका लागि खाद्य पदार्थमा मेलामाइनको अधिकतम मात्रा तोक्नै पर्ने अवस्थामा यसको मात्रा शुन्य तोक्दा अव्यावहारिक हुने भएकाले कोडेक्स एलिमेन्टेरियस कमिसनले दिएको मार्गदर्शनबमोजिम तोकेको देखिन्छ । यसरि खाद्य गुणस्तर कायम गरि बजारलाई स्वच्छ र जनस्वास्थ्यमैत्री बनाउन आवश्यक मापदण्डहरु तोक्दै जान हामी नेपाल सरकारलाई आग्रह गर्दछौ । साथै जनस्वास्थ्य सरोकारका यस्ता विषयहरुमा वास्तविकतामा आधारित भएर मात्र समाचार प्रकाशित प्रसारित गर्न आम सञ्चार जगतलाई हार्दिक अपिल गर्दछौ ।
धन्यवाद ।

डा. अतुल उपाध्याय, अध्यक्ष, नेपाल पोषणविद तथा डाइटिसियन संघ,

नवराज उपाध्याय, अध्यक्ष, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ,

टेक ब. थापा, अध्यक्ष, नेपाल डेरि वैज्ञानिक संघ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...

खाद्य अधिकार कार्यान्वयन गर्न माग

सप्तरी । खाद्य अधिकारको विषयमा संविधान र कानुनमा भएको व्यवस्था व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग आज यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले...
spot_img

अन्य सम्बन्धित