spot_img

आत्मअनुशासन: स्वस्थ र खुसी जीवनको राज

spot_img

जब हामी आत्मअनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ । आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो । आत्मअनुशासनले हामीलाई आफ्नो जीवनमा, घर-परिवारमा, करियरमा, स्वास्थ्यमा फाइदा गर्छ ।

खानपानमा अनुशासन 

खानपानमा पनि हामी अनुशासित हुनुपर्छ । कुन खानेकुरा शरीरका लागि आवश्यक छ ? कति आवश्यक छ ? यसबारे हामी कहिल्यै चिन्तन गर्दैनौं । बरु मिठो मसिनो खाने बाहना खोजिरहन्छौं । यस्तो अस्तव्यस्त खानपान शैलीले शरीरलाई रोगी बनाउँछ । खानपानको निश्चित तालिका निर्धारण गर्नुपर्छ । दिनमा कति पटक खाने, के के खाने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।

स्वास्थ्यमैत्री, सुपाच्य, स्वस्थ्यवर्द्धक खानेकुरा खानुपर्छ । यसका लागि पनि निश्चित समय मिलाउनुपर्छ । मिठो पाउनसाथ पेट चर्कनेगरी खाने, नमिठो भएमा खाँदै नखाने प्रवृत्तिले हामीलाई रोगी बनाउँछ । भनिन्छ, नि संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

हामीले अरुलाई देखाउनका लागि वा अरुको सामुन्ने सभ्य देखिन होइन, आफ्नै स्वास्थ्यका खातिर अनुशासित खानपान शैली अपनाउनुपर्छ ।

दिनचर्यामा अनुशासन 

हामी अनुशासित दिनचर्या पालना गर्न सक्छौं । यो भनेको हाम्रो दैनिक जीवनयापनको कुरा पनि हो । जस्तो नियमित सुत्ने र उठ्ने तालिका निर्धारण गर्ने । निश्चित समयमा सुत्ने, निश्चित समयमा उठ्ने । दिनभर काम गरिरहँदा सकारात्मक ढंगले गर्ने । कामप्रति लगाव राख्ने, मेहनत गर्ने । हरेक कामलाई रचनात्मक ढंगले गर्न प्रयास गर्ने ।

कस्तो काम उपयुक्त हुन्छ ? कसरी गर्दा बढी फलदायी हुन्छ ? त्यही ढंग अनुसार काम गर्ने । कसलाई भेट्ने, कसलाई नभेट्ने ? निर्धारण गर्ने । खराब वा निरास व्यक्तिहरुको संगतमा पुगेपछि हाम्रो उर्जा सेलाउँछ । हामी कमजोर र शिथिल हुन्छौं । त्यसैले जोशिला, उर्जावान्, सकारात्मक, कर्मठ, मेहनती, सिर्जनशिल साथीहरुको सर्कल बनाउने, त्यही सर्कलमा आफुलाई घुलनसिल बनाउने ।

दैनिक तालिका नै अनुशासित भएमा हाम्रो लय विग्रदैन । जब जीवनमा लय हुन्छ, त्यसले धुन पैदा गर्छ । जीवन मधुर हुन्छ ।

सोचाइमा अनुशासन 

हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं । जस्तो सोच्छौं, त्यस्तै देखिन्छौं ।

यदि हामी सकारात्मक छौं, खुसी छौं, उत्साहित छौं भने हाम्रो अनुहारमा बेग्लै आभा प्रकट हुन्छ । यदि निरास छौं, दुःखी छौं, नकारात्मक छौं भने अनुहारको रंग फुंग उड्छ ।

अनुहारको भाव मात्र होइन, हाम्रो सोच चिन्तनले स्वास्थ्यमा पनि प्रभाव पार्छ । किनभने हाम्रो शरीर र हाम्रो सोंच चिन्तन अभिन्न रुपमा जोडिएको हुन्छ । सोंच वा चिन्तन कहाँबाट पैदा हुन्छ ? शरीरभित्रबाट नै त हो । शरीरभित्र मन हुन्छ । मस्तिष्क हुन्छ । त्यहाँ उब्जने कुराले शरीरमा प्रभाव पार्छ ।

जस्तो हामीलाई डर लाग्छ भने हाम्रो शरीरमा कम्पन आउँछ । डर मनको कुरा हो, कम्पन शारीरिक कुरा हो । यसरी हाम्रो स्थुल शरीर र मन आपसमा जोडिएको हुँदा हामी जस्तो सोच्छौं, जस्तो चिन्तन गर्छौं, त्यसको प्रभाव शरीरमा पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित