spot_img

भोकमरी सूचकांकमा सुधार गर्दै नेपाल

spot_img

विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ । नेपालको स्थिति विगत १९ वर्षमा सुधार भएर अति गम्भीर भोकमरीग्रस्त देशको सूचीबाट गम्भीर भोकमरीग्रस्त देशको सूचीमा झरेको ग्लोबल हंगर इन्डेक्सको प्रतिवेदन २०१९ ले देखाएको हो ।
ग्लोबल हंगर इन्डेक्स अर्थात् विश्वव्यापी भोकमरी सूचकका अनुसार नेपाल भारतभन्दा २९ स्थान माथि रहेको छ । सूचकका अनुसार १ सय १७ देशको सूचीमा भारत १०२ औं स्थानमा रहँदा नेपाल २०.८ अंकसहित ७३ औं स्थानमा रहेको छ । प्रतिवेदनले नेपाल अझै गम्भीर भोकमरी भएका मुलुकको सूचीमा रहेको जनाएको छ ।
दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक भारत ग्लोबल हंगर इन्डेक्समा सबैभन्दा तल छ । सन् २०१० मा भारत ९५औं स्थानमा थियो र सन् २०१९ सम्म १०२ औं स्थानमा आइपुगेको छ । तर नेपालको अवस्था भने सुधार हुदै आएको छ, प्रतिवेदनले देखाएको छ । सन् २०००मा नेपालको अंक ३६.८ थियो भने लगातार घट्दै गएर सन् २००५ मा ३१.३, सन् २०१० मा २४.५ तथा सन् २०१९ को प्रतिवेदनमा २०.८ अंकमा झरेको प्रतिवेदनले जनाएको छ । 
११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्सका अनुसार भारत १०२औं स्थानमा कायम भएको छ भने पाकिस्तान यो सूचीमा ९४ औं स्थानमा छ । यस्तै, यो सूचीमा नेपाल ७३ औं स्थान, म्यानमार ६९ औं, श्रीलंका ६६ औं र बंगलादेश ८८ औं स्थानमा रहेका छन् । सूचीमा चीन २५ औं स्थानमा रहेको छ ।

कसरी गरिन्छ मापन

समग्र जनसंख्यामा कुपोषणको अवस्था, बालबालिकामा पुड्कोपन र ख्याउटेपन तथा बाल मृत्युदरको अवस्थालाई आधार मानि निकालिने विश्व भोकमरी सुचकाङ्कका अनुसार ९.९ अंक प्राप्त गरेका मुलुक न्यून भोकमरी, १०.० देखि १९.९ सम्म अंक प्राप्त गरेका मुलुक मध्यम भोकमरी, २०.० देखि ३४.९ सम्म अंक प्राप्त गरेको मुलुक गम्भीर प्रकृतिको भोकमरी, ३५.० देखि ४९.९ सम्म अंक प्राप्त गरेका मुलुक भयावह भोकमरी र ५० भन्दा माथि अंक प्राप्त गरेका मुलुकलाई अति भयावह भोकमरीको सूचीमा सूचीकृत गरिन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित