spot_img

नियमित योग गर्नुका फाइदा

spot_img

योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु(याउँछ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ ।

आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्था छ । जसले गर्दा मानसिक समस्या धेरै भएको देखिन्छ । त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ । योगले शरीरको अङ्ग–प्रत्यङ्गलाई संचालनमा सहयोग गर्छ ।

शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पुयाउँछ ।

जो अल्छी मानेर बसिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ । यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ । योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ ।

त्यसैले सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका व्यक्तिले योग गर्न जरुरी रहेको छ । योगमा अन्तरमुखी र बाह्यमुखी अभ्यासहरु हुन्छन् । अन्तरमुखी योग भनेको भित्रभित्रै आफूलाई कस्तो खुशी पार्ने भन्ने तरिकाले गरिन्छ । भौतिक साधनले मात्रै मान्छे खुशी हुँदैन, जसलाई अन्तर मुखी अभ्यासले खुशी पार्न सकिन्छ ।

मनलाई खुशी र मानसिक समस्या हटाउनको लागि योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । अल्सरपछि क्यान्सर पनि हुन सक्छ । यस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात हुने समस्या पनि हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित