spot_img

मेवाका फाईदै फाईदा: क्यान्सरको खतरालाई पनि कम गर्छ

spot_img
  • मेवाले पाचन क्रियालाई बलियो बनाउँछ । मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ । यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ ।
  • मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ ।
  • भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
  • गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।
  • मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।
  • मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।
  • केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित