spot_img

तुलसीका औषधीय गुणहरु

spot_img

आयुर्वेदको अनुसार तुलसी शरीर, मन र आत्माको पीडा हरण गर्ने मानिन्छ । यसमा जीवाणुनाशक मूत्रवर्धक गुणसमेत पाइन्छ । जसले संक्रमण हटाउनुका साथै तनाव र अन्य रोगविरुद्घ प्राकृतिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

झाडीको रूपमा रहने तुलसीको बोट एकदेखि तीन फिटसम्म अग्लो पाइन्छ । यसको बिरुवा पवित्र मानिन्छ । तुलसी थुप्रै जातका भए पनि सबै फायदाकारी नै छन् । गुण धर्मअनुसार कालो तुलसीलाई राम्रो मानिन्छ । एलोपेथिक, होमियोपेथिक र युनानी औषधिहरूमा समेत तुलसीको कुनै न कुनै रूपमा उपयोग गरिन्छ ।

आयुर्वेद चिकित्सकका अनुसार तुलसीको नियमित सेवनले स्वाइनफ्लुलगायतका फोक्सोको संक्रमणसँग जुध्नसमेत सहयोगी मानिन्छ । तुलसीले रोग प्रतिरोधक क्षमता बढाउने मान्यता छ । यसलाई शक्तिवर्धक औषधिका रूपमा समेत उपयोग गरिन्छ । यसले कार्यक्षमतामा मात्र वृद्घि नभई शीघ्र पतनमा समेत फाइदाकारी रहने मान्यता छ ।

युनानी चिकित्सा पद्घतिअनुसार तुलसीमा रोग निको पार्ने भरमग्दुर क्षमता छ । यसले रुघाखोकीको प्रभावलाई कम गर्छ । ज्वरो कम गर्नुका साथै यो मुटुको रक्तनली, कलेजो, फोक्सो, उच्च रक्तचापसँगै चिनीको मात्रा कम गर्नसमेत सहयोगी मानिन्छ । तुलसीको काँडाले रगत सफा गर्नुका साथै कोलेस्ट्रोलको स्तरमा समेत कमी ल्याउँछ ।

भनिन्छ, तुलसीको नियमित सेवनले शरीरमा उर्जाको प्रवाह नियन्त्रित रहन्छ र उमेर बढ्छ । यति मात्र नभई तुलसीमा हुने एन्टिअक्सिडेन्टले शरीरको मृत कोषिकालाई ठीक बनाउन सघाउँछ ।

तुलसीमा अनेक जीव–सक्रिय रसायन पाइन्छ । यसमा ट्रैनिन, सैवोनिन, ग्लाइकोसाइड र एल्केलाइडस प्रमुख छन् । हालसम्म तुलसीमा पाइने रसायनको पूर्ण विश्लेषण हुन सकेको छैन । यसमा पाइने पहेँलो वास्पशील तेलको मात्रा संगठन, स्थान र समयका अनुसार परिवर्तित हुने गरेको छ । यसमा सामान्यतस् ०।१ देखि ०।३ प्रतिशतसम्म तेल पाइन्छ । ‘बेल्थ अफ इन्डिया’ का अनुसार तुलसीको तेलमा करिब ७१ प्रतिशत युजिनाल, २० प्रतिशत युजिनाल मिथाइल इथर तथा ३ प्रतिशत कार्बाकोल हुन्छ ।

हरियो तुलसीमा कालोको तुलनामा केही बढी तेल हुनुका साथै सापेक्षित धनत्वसमेत बढी हुन्छ । यसको पातमा ८३ मिलिग्राम प्रतिशत भिटामिन सी एवं २।५ मिलिग्राम प्रतिशत कैरेटिन हुन्छ । तुलसीको बीउमा भने पहेँलो तेल करिब १८ प्रतिशत मात्रामा पाइन्छ ।

आधुनिक अनुसन्धानअनुसार तुलसीको बोटले वातावरणलाई समेत स्वस्थ पार्छ । यसको बोटले वातावरणलाई सफा गर्छ । यसका साथै तुलसीमा भएको युजेनोल नामक अर्गानिक यौगिकले लामखुट्टे, झिँगालगायत कीरारफट्यांग्रा भगाउँछ । तुलसीको बोटले त्यो स्थान विशेषमा अक्सिजनको मात्रा बढाउँछ ।

त्यसैगरी, यो प्राकृतिक वायु शुद्घ गर्ने बोट हो । यो बोट दिनहुँ करिब १र२ घन्टासम्म अक्सिजन छोड्छ । तुलसीको बिरुवाले निरन्तर अक्सिजन फ्याल्नुको साथै कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइडलगायत विषालु ग्यासलाई समेत सोस्छ । यति मात्र नभई तुलसीको बास्नाले घर, आँगनमा मिठो र ताजा सुगन्ध मिल्छ । जसका कारण मानिसको खराब मुडसमेत परिवर्तन गर्ने विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित