spot_img

सुन्तला खानुका फाइदै फाइदा

spot_img

धेरैजसोको जाडायामको शनिबार घाम ताप्दै सुन्तला र बदाम खाएर बित्छ । सुन्तला खानमा जति रसिलो छ उत्ति नै पोषिलो पनि छ । सबै उमेरकालागि सुन्तला फाइदाकर फल हो । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, स्फूर्ति बढ्छ, छालामा निखार आउछ र सौन्दर्यमा वृद्धि हुन्छ ।

सुन्तलामा भएको साइट्रिक एसिड मूत्र र मृगौला रोगलाई कम गर्न फाइदाकर मानिन्छ । सुन्तलामा भएका फाइबरले पेटको सफाइसमेत गर्छ । सुन्तलालाई नियमित आहारमा सामेल गर्नाले रुघा–खोकी, रक्तस्रावको समस्या कम हुन्छ । पाचन प्रणाली स्वस्थ रहन्छ ।

आयुर्वेदका अनुसार सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुर्‍याउँछ । यसमा रक्तस्राव रोक्ने क्षमतासमेत रहेको हुन्छ । सुन्तलाको बोक्रालाई पिसेर अनुहारमा लगाउँदा यसले दाग तथा कालोपोतो हट्नुका साथै अनुहारमा चमक आउँछ । बालबालिका, बूढापाका तथा रोगीलाई दुर्बलता हटाउन सुन्तला फाइदकर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित