spot_img

मिर्गौला विग्रिन नदिन असल खानपान

spot_img

पछिल्लो समय मिर्गौलाको समस्याको दर बढिरहेको छ । खानपान र जीवनशैली नमिलाउदा धेरै जनालाई मिर्गौला विग्रिने समस्याले सताई जीवनभर दुख पाइरहनु परेको, धेरै सम्पती सक्नु परेको पिडा छ । अकाल मै ज्यान लिने रोगहरु मध्ये मिर्गौलाको खरावि पनि मुख्य एकमा पर्न थालिसकेको छ ।

नेपालमा मिर्गौलाको दीर्घकालन समस्या भएका धेरैजसो बिरामी चौथो वा पाँचौं अवस्थापछि मात्र चिकित्सककहाँ पुग्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगसम्बन्धी जनसंख्यामा आधारित व्यापकताबारे गरेको अध्ययनअनुसार मुलुकमा २० वर्षमाथिको जनसंख्यामा दीर्घकालीन मिर्गौला रोगको व्यापकता ६ प्रतिशत छ । सन् २०१६ देखि २०१८ सम्म ७२ जिल्लाका १३ हजार २ सय नमुनामा सर्वेक्षण गरेर यो नतिजा निकालिएको हो ।

मिर्गौलाको काम
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन् । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्। शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन् । हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौला मै बन्छन्। तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन् ।

कसरी विग्रिन्छ ?

मिर्गौला विगार्ने प्रमुख कारणहरुमा मधुमेह र उच्च रक्तचाप हुन । यसका साथै मिर्गौलामा पथ्थरी भयो भने वा अन्य विभिन्न मेडिकल कारणले पनि मिर्गौला विग्रिन सक्छ । महिलाहरूमा पाइअलोनिफ्राइटिस भनिने मिर्गौला सुन्निने समस्याले पनि मिर्गौला विगार्छ । प्रदूषणले समेत मिर्गौला बिगारिरहेको हुन्छ । प्रदूषण रगतमा जान्छ । मिर्गौलाको काम रगत छान्नु हो । सबैखाले प्रदूषणको विषले मिर्गौलामा दबाब उत्पन्न गर्छ । अध्ययनहरूका अनुसार प्रदूषित ठाउँमा रहनेमा मिर्गौलाको रोग बढी देखिएको छ । ग्यास्ट्रिक र दुखाइनाशक औषधिको अधिक सेवनले पनि मिर्गौला विगार्दछ ।

पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु, छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ। कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो ।

कसरी बचाउने?

मिर्गौला विग्रिनेजस्तो प्राण घातक असरबाट बच्न स्वास्थ खानपान र जीवनशैली नै उच्चतम उपाय हो । मधुमेह तथा उच्चरक्तचाप हुन नदिने, अनावश्यक दुखाईनासक औषधीहरु सेवन नगर्ने, शारीरिक सक्रियाता कायम राख्ने, प्रदुषणबाट बच्ने गर्नाले यो समस्याबाट धेरै हदसम्म बचिन्छ । आफ्नो मिर्गौला ठीक छ वा छैन भनेर हरेक ६ महिनामा एक पटक जाँच गराउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित