spot_img

देशव्यापी कार्यक्रम गरि खाद्य स्वच्छता दिवस मनाइयो

spot_img

काठमाडौँ । ‘स्वच्छ र सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मंगलबार देशव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । विश्वभर जुन ७ मा खाद्य स्वच्छता दिवस मनाएदै आइएको छ । नेपालमा भने सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मंगलबार मुल समारोह आयोजना गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौमा विहान प्रभातफेरी र मुल समारोह आयोजना गरेको थियो । मुल समारोहमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, विभिन्न विभागका महानिर्देशक, उपभोक्तावादी संस्थाका प्रतिनिधि, खाद्य प्रविधिका शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभागका योजना शाखा प्रमुख संजय भण्डारीले खाद्य स्वच्छता सप्ताहमा आमउपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम देशव्यापी रुपमा गरिएको बताउनु भयो । विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले स्वस्थ तथा सबल जनशक्ति राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार स्तम्भ भएकाले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपानलाई महत्व दिन उपभोक्ता सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर प्रत्येक वर्ष करिब ५५ करोड मानिस बिरामी हुने गरेका छन् भने अस्वस्थकर खाना उपभोगले दुई लाख ३० हजारको मृत्यु हुने गरेको छ । विश्वमा हरेक वर्ष अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोग लाग्ने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित