spot_img

अधिकांश उपभोक्तालाई लेबल हेर्नु पर्छ भन्ने नै थाहा छैन

spot_img

दमक । उपभोक्ता अधिकारसम्बन्धी विविध पक्षहरुमा दमक नगरपालिकाभित्रका उपभोक्ताको सचेतनाको अवस्था अत्यन्तै कमजोर रहेको पाइएको छ । स्थानीय सरकार सवलिकरण परियोजनाको सहयोगमा दमक नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको सर्वेक्षणमा दमकबासिको सचेतनाको स्तर अत्यन्तै कमजोर रहेको देखिएको हो ।

सर्वेक्षणको प्रतिवेदन सोमबार दमक नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको थियो । नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, अधिकांश वडा अध्यक्षहरु र सरोकारवालाहरु बीच सार्वजनिक गरिएको प्रतिवेदन अनुसार बिल नलिने, लेबल नपढ्ने, मूल्य र गुणस्तरका बारेका ख्याल नगर्ने, ठगिमा पर्दा उजुरी नगर्ने र कानुनले सुनिश्चित गरेका अधिकारहरुमा बारेमा अधिकांश उपभोक्ता अनविज्ञ रहेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव सृंगऋषि काप्mलेले बताउनु भयो । कार्यक्रममा दमक नगरका प्रमुख रोमनाथ ओलीले दमक नगरवासिमा सचेतना कमजोर रहेको पाइएकोले आगामी दिनमा नगरले सचेतना कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनु भयो । उपप्रमुख गीता अधिकारीले तथ्यांकका आधारमा योजना तर्जुमा गर्ने चलनको सुरुवात गर्न अध्ययन प्रतिवेदन उपयोगी हुने बताउनु भयो ।

अध्ययन प्रतिवेदनको मुख्य नतिजाहरु

  • अध्ययनमा सहभागीहरु मध्ये ८४.१७% ले सामान किनेर बिल नलिएको बताएका थिए भने ६.४६ %ले किनेका सामान मध्ये केहि सामानको मात्र बिल लिएको बताएका थिए ।
  • बिल लिएको छैन वा कहिलेकाही मात्र लिन्छु भन्नेहरु माझ किन नलिनु भएको भनी सोधिएको प्रश्नमा ७७.०१ %ले व्यापारीले बिल नदिएर नलिएको बताएका थिए भने २२.४६% ले बिल लिनु पर्छ भन्ने नै थाहा नभएको जवाफ दिएका थिए ।
  • ५५.२१% सहभागीले मात्र सामान किन्दा लेबल हेर्ने गरेको बताएका थिए । १३.९६% ले कहिल्यै लेबल हेर्ने गरेको पाइएन भने २३.१२% ले कुनै कुनै सामानको मात्र लेबल हेर्ने गरेको बताएका थिए । लेबलका बारेमा कुनै जानकारी नै नभएका सहभागीको संख्या ७.७१% रहेको थियो ।
  • आफुले तिरेको मूल्य अनुसार सामानको गुणस्तरमा सन्तुष्ट भएका सहभागीको संख्या ५१.६७ % रहेको थियो ।
  • ३६.२५% सहभागीले दमक नगरभित्रको बजारमा तौल लिने मेसिन डिजिटल बाहेक अरु पनि प्रयोग भएको पाउने गरेको बताएका थिए ।
  • तराजुमा ढकको सट्टा ढुंगा प्रयोग भएको पाउनु भएको छ भन्ने जिज्ञासामा ४९.१२ जनाले छ भन्ने जवाफ दिएका थिए ।
  • वस्तु वा सेवा खरिद गर्दा ठगिमा परेको अनुभव भएका सहभागीको संख्या ३५.६२% रहेको थियो । त्यसरी ठगिमा परेपछि ५२.६३ % ले उजुरी नगरेको र ४५.६१ % ले तत्काल प्रतिवाद मात्र गरेको तर उजुरी नगरेको बताएका थिए । ठगिमा परेपश्चात उजुरी गर्नेको संख्या अत्यान्तै न्यून १.७५ % मात्र रहेको पाइयो ।
  • उजुरी नगर्नुको कारणबारे सर्वेक्षण गर्दा उजुरी गर्नुपर्छ भन्ने थाहा नपाउने ८.८९ %, उजुरी गरेर पनि के नै हुने हो र भन्ने ५३.३३ %, उजुरी गर्ने प्रक्रिया थाहा नपाउने १८.८९ % र अन्य कारण बताउने १८.८९ % रहेको पाइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित