spot_img

युनिलिभरको केसमा खाद्य विभागले तोक्यो अनुसन्धान अधिकारी

spot_img

हेटौंडा । हेटौंडामा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको चिया पत्तिमा रिलेबल गरेको केसमा अनुसन्धान गर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुसन्धान अधिकारी तोकेको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले कारबाहीको प्रक्रिया र प्रयोगशाला परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, काठमाडौमा लेख पठाएकोमा विभागले युनिलिभरमा मुजुल्का उठाएकै आधारमा कार्बाही गर्नका लागि निर्देशन दिए लगतै अनुसंधान अधिकारी तोकेर कार्बाही प्रकृया अगाडी बढाइएको छ ।

युनिलिभरमा ३२ टन डेट एक्स्पायर चिया भेटिएपछि प्रशासने यही भदौ १७ गते सिल गरिएको थियो । अनुगमनका क्रममा गरिएको शिलवन्दी अहिलेनै कायमनै रहेको छ ।

भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्तिलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै सिल गरिएको थियो । विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ति प्लाण्टमा अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित