spot_img

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

spot_img

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन चिया पत्ति बिक्रि गरेको पाइएको भन्दै मञ्चले विज्ञप्ती निकालेर कारबाहीको माग गरेको हो ।

विज्ञप्तीमा उल्लेख गरिएअनुसार उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र स्थानीय जनप्रतिनीधिहरुको संयुक्त अनुगमन टोलिले युनिलिभर नेपाल लिमिटेडको हेटौडास्थित चिया प्रशोधन कक्षमा अनुगमन गर्दा म्याद नाघेको तथा न्युन गुणस्तरको चिया बिक्रि गर्ने गरेको पाइएको थियाे ।

मञ्चका उपमहासचिव विष्णु प्रसाद तिमिल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार अनुगमनको क्रममा उपभोग्य अवधी नाघी म्याद गुज्रेको, उपभोग्य मिति नै उल्लेख नगरिएका र लेवल विवरणमा मार्करले लेखेका ३५ के.जी. तौलका करिव ९२० बोरा चिया फेला परेकोले उक्त चिया बरामद गरी उक्त उद्योगको प्रशोधन कक्ष शिलबन्दी गरिएको थियो । कानून बमोजिम लेवल नभएका म्याद गुजेको गुणस्तरहिन चियालाई प्रशोधन गरी महङ्गो मूल्यमा उपभोक्तालाई बजारमा बिक्रि वितरण गर्ने गरेकाे पाइएकाले कडा कारबाही गर्न मञ्चले माग गरेको छ ।

प्रशोधन कक्षबाट गुणस्तरहीन अखाद्य वस्तु चिया बरामद भई सकेको अवस्थामा दोषि उपर हालसम्म कुनै कारवाही नभएको र उल्टै कम्पनीको तर्फबाट कारवाही निस्तेज गर्ने गरी थप अनुचित कामकारवाही भइरहेको मञ्चले विज्ञप्तीमा उल्लेख गरेको छ । “दोषि उपर कारवाही नचलाउने, कमजोर कानून प्रयोग गर्ने, कारवाहीलाई निस्तेज पार्ने, मञ्चका अधिकारकर्मी उपर धम्की दिने जस्ता कुनै गतिविधि कसूरदार र सम्वद्ध नियामक निकायबाट भए आम उपभोक्तालाई सैह्य नहुने व्यहोरा समेत अवगत गराउदछौ” विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित