spot_img

विपन्न बालबालिकालाई खाद्यान्न वितरण

spot_img

डोटी । यहाँका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र ९सिड० नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र ९सिड० नेपालले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३० र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुडमालले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ ।

-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित