spot_img

रैथाने पोषणयुक्त खानेकुराको प्रवद्र्धन गर्दै सरस

spot_img

काठमाडौ । नेपालभित्रै उत्पादित रैथाने पोषणयुक्त खानेकुराको प्रबद्र्धन गर्ने उद्देश्यका साथ सरस अर्गानिक कृषि मार्टको उद्घाटन भएको छ । भक्तपुरको कौशलटारमा शनिबार उद्घाटन गरिएको मार्ट सरस कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको हो ।

अर्गानिक मार्टमा पोषणका दृष्टिकोणले महत्वपुर्ण मानिएका तर बजारमा आउन नसकेका रैथाने खानेकुराहरु र अर्गानिक तवरले उत्पादन गरिएका कृषि उपजलाई प्राथमिकता दिइने सहकारीका अध्यक्ष उदय बुढाथोकीले जानकारी दिए । “स्वास्थ्यका लागि खाइने खानेकुरा नै रोगको कारक बनिरहेकाले हामी विषादी रहित र पोषणयुक्त रैथाने खानेकुरा उपभोक्ताको पहुचमा पु¥याएर थोरै भएपनि स्वस्थ भएर बाच्न सहयोग गर्नेछौ” उनले भने । मार्टमा सुदुर पुर्वदेखि सुदुरपश्चिम नेपालसम्मका रैथाने पोषणयुक्त खानेकुराहरु उपलब्ध हुने र ग्राहकले अनलाइन अर्डर गरेमा घर मै डेलिभरीको समेत सुविधा रहेको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार सरस कृषि सहकारीमा विभिन्न विषयका विज्ञहरु, तरकारी तथा फलफुलको क्षेत्रमा अनुसन्धान गरेका अनुसन्धानकर्ता, वैज्ञानिक, पोषणविद, सामाजिक अभियान्ताहरुको संलग्नता रहेको छ । सहकारीका उपाध्यक्ष हरिप्रसाद मैनालीले कृषकबाट उपभोक्ताको भान्सासम्म तरकारी तथा फलफुल आइपुग्दा धेरै बिचौलियाको तह भएका कारण महंगो पर्न जाने भएका उपभोक्ता र कृषकलाई सिधै जोड्ने उद्देश्यले सहकारीले काम गरिरहेको बताए । “हामी कृषकको उत्पादन सिधै उपभोक्ताको भान्सामा पु¥याएर बिचौलियाले खाने पैसा बरु कृषकले नै पाउने र उपभोक्ताले पनि सस्तोमा पाउने वातारण बनाउछौ” उनले भने ।

तरकारी र फलफुल कुहिएर खेर जाने, सिजनमा किसानको उत्पादन बिक्रि नहुनेजस्ता समस्या सम्बोधन गर्न भक्तपुरको नालामा प्रशोधन केन्द्र पनि निमार्णका क्रममा रहेको संस्थाका अर्का अभियान्ता नेत्र घिमिरेले बताए । उनका अनुसार प्रशोधन केन्द्रमा रैथाने खानेकुराहरुको प्याकेजिंगका साथै तरकारी र फलफुल प्रशोधन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित