spot_img

मानव दूधको भण्डारण गर्न ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने

spot_img

काठमाडौ । सरकारले नवजात शिशुको जीवन रक्षाका लागि मानव दूधको भण्डारण गर्न ह्युमन मिल्क बैंक स्थापना गर्ने भएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलका अनुसार यस बर्ष परोपकार प्रसूति तथा स्त्रिरोग अस्पताल, थापाथलीमा ह्युमन मिल्क बैंक (आमाको दुध भण्डारण गर्ने केन्द्र) स्थापना हुन लागेको हो ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई आमाको दूध मात्रै खुवाउनुपर्ने र पाउडर दूध खुवाउदा विभिन्न जोखिम हुने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको परिवार कल्याण महाशाखा अन्तरगतको पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए । शाखा प्रमुख पराजुलीका अनुसार मिल्क बैंक स्थापनाका लागि यस आर्थिक बर्षमा एक करोड पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।

नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको ह्युमन मिल्क बैंकमा आप्mनो शिशुलाई खुवाएर बढि भएको दूध आमाहरुले स्वयम्सेवि रुपमा दान गर्न सक्नेछन् । त्यसरी संकलन भएको दूधलाई मेसिनमा तापक्रम मिलाएर राख्ने र तत्काल दूध नआएका वा आमाको मृत्यु भएका नवजातहरुलाई खुवाउन सकिनेछ । मिल्क बैंकले स्तनपानलाई प्रबद्र्धन गर्न र शिशु मृत्युदर घटाउन ठुलो योगदान गर्ने विज्ञहरु बताउछन् ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित