spot_img

प्रभावकारी बन्दै खाद्य गुण नियन्त्रण

spot_img

काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुले खाद्य बजार अनुगमन र गुण नियन्त्रणको क्षेत्रमा आर्थिक बर्ष २०७७/७८ मा गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको तथ्यांक अनुसार खाद्य बजारको अनुगमन, नमुना संकलन, खाद्य पदार्थको गुणस्तर निर्धारण, उपभोक्ता शिक्षालगायतका गतिविधिहरुमा बजेट तथा कार्यक्रममा योजना गरिएअनुसारका अधिकांश उपलब्धी हासिल गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका बिराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढी स्थित ६ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुस झापा, इनरुवा, धनकुटा, उदयपुर, राजविराज, मलंगवा, जलेश्वर, पर्सा, चितवन, काठमाडौं, धुलिखेल, नुवाकोट, सिन्धुली, दमौली, पोखरा, बाग्लुङ, तानसेन, तौलिहवा, दाङ, सुर्खेत, जुम्ला, डोटी, डडेल्धुरा र बैतडी स्थित २४ वटा डिभिजन कार्यालयहरु र काँकडभिट्टा, रानी, जलेश्वर, त्रिभुवन विमानस्थल, तातोपानी, रसुवा, बीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी र कञ्चनपुर गरी १२ स्थानमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु गरी जम्मा ४३ कार्यालयहरुबाट हुँदै आएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरा तथा कर्णाली प्रदेशको सुर्खेतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरुलाई स्तरोन्नती गरी २१ जना दरवन्दी र प्रयोगशाला सहितको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु रहने गरी नेपाल सरकारको मन्त्रीपरिषदबाट स्वीकृति प्राप्त भई कार्यालय स्थापनार्थ तयारी भैरहेको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुभयो ।

खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमनमा भएका उपलब्धीहरु

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी जम्मा २,८३४ नमूनाहरु सङ्कलन भएको थियो। संकलित नमूनाहरु मध्ये खाद्यान्न र दलहनजन्यका ७४७ वटा, तेल तथा घ्युजन्यका ३८२ वटा, फल तथा सागपात जन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चिया कफिका १२४ वटा, दुध तथा दुग्ध पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा, कन्फेक्सनरिका ९० वटा नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा २१९ वटा ९७।७५० नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो। सोमध्ये खाद्यान्नका ३६ नमूनाहरु, दानाका ३३ नमुनाहरु, तेल तथा घ्युजन्य ३० नमूनाहरु, प्रशोधित पिउने पानीका २७ नमुनाहरु लगायतका अन्य खाद्य पदार्थका नमुनाहरू प्रतिकूल रहेका थिए । विभागले सार्वजनि गरेको प्रतिवेदन अनुसार खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा १०० थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो। दायर गरिएका मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका १६, बेकिरी तथा बिस्कुटका १३, तेल तथा घ्युका ११, दानाका ९, तयारी चाउचाउ ७, मसलाका ७, दालमोठ भुजिया ५, सस् ५, दलहन ४ लगायत मिठाई, दुध, दहि, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका थिए । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्वन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुमा दायर हुने व्यवस्था रहेको छ । गत आर्थिक वर्षमा ७७१ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, १७३५ उद्योग अनुज्ञापत्र नवीकरण तथा २२४४ नयाँ उद्योग स्थापना गर्न सिफारिश गरिएको छ।

खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणिकरण प्रणाली सम्वन्धी निर्देशिका अनुसार खाद्य वस्तु आयात गर्नु पूर्व अनिवार्यरूपमा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । सोही अनुसार आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२,१८७ आयात अनुमति जारी गरिएको छ भने आवश्यक कागजात पूरा नभएका मह, मसला, कन्फेक्सनरी, पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरु गरि जम्मा २३ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमती अस्विकृत गरिएको छ । गत आर्थिक वर्षमा उत्पादन दर्ता ३६४ र नविकरण ३२० समेत गरि जम्मा ६८४ आहारपूरक खाद्य पदार्थ नियमन गरिएको विभागले जनाएको छ ।

७ वटा खाद्य वस्तुको खाद्य गुणस्तर निर्धारण, २८ वटाको अन्तिम चरणमा

आर्थिक वर्ष २०७७/७८ मा विभागले चिउरा, पुष्टकारी, गुँदपाक, तेल तथा घिउमा टोटल पोलार मटेरियल, दालमोठ, दश वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सिमा, विभिन्न खाद्य पदार्थहरुमा माइकोटक्सिनको अधिकतम सिमा थप गरी ७ वटा खाद्य वस्तुको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरेको छ । त्यस्तै गेडा सिमि, सिमिको दाल, गेडा बोडी तथा बोडीको दाल, गेडा केराउरकेराउको दाल, गहतको दाल, आइसक्रिमलगायत २७ वटा खाद्य वस्तुको गुणस्तर निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । विभागका प्रवक्ता श्रेष्ठका अनुसार चाडै नै यी खाद्य वस्तुको गुणस्तर स्विकृत भई राजपत्रमा प्रकाशन हुनेछ ।

सुदृढ बन्दै खाद्य प्रयोगशाला

विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई रासायनिक, जीवनाशक विषादीको अवशेष, माइकोटक्सिन, हेभि मेटल तथा सूक्ष्मजैविक विषय गरी विभिन्न २६ खाद्य पदार्थहरुका १०१ प्यारामिटरहरुमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने गरी प्रयोगशाला प्रत्यायन सन २०२२ जनवरीसम्म नवीकरण गरिएको छ । राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट ११८ वटा थप प्यारामिटरहरुमा एक्रेडिटेशनको क्षेत्र विस्तारका लागि निवेदन दिने कार्य सम्पन्न भैसकेकोमा एक्रेडिटेशन प्रदायक संस्थालाई नियमानुसार लाग्ने शुल्क बुझाइ सकिएको छ ।

साथै तरकारी तथा फलफुल लगायतका खाद्य पदार्थहरूमा जीवनाशक बिषादी अवषेशहरूको परिक्षण क्षमता विस्तारका लागि अध्ययन अनुसन्धानका कार्यहरू सन्चालन भैरहेको छ । विभागको प्रयोगशालाले गत आर्थिक वर्षमा बजारबाट संकलित र अनुरोध भई आएका जम्मा २१,०८८ वटा नमूनाहरू तथा आयात निर्यात नियमन अन्तर्गत ६६,८३८ वटा नमूनाहरू गरी कूल ८७,९२६ वटा नमूनाहरु प्रयोगशाला जाँच परीक्षण गरेको थियो ।

पोषण प्रवर्द्धन र असल कृषि अभ्यास प्रमाणिकरण

विभागले विद्यालय जाने वालवालिका तथा बृद्धबृद्धाहरूका लागि पोषिलो तथा सस्तो खाजाः रेशादार पोषिलो लिटो (गाजर र पालुङ हालिएको) परिकारको बिकास गरेको छ। विभिन्न खाजा जन्य परम्परागत खाद्य पदार्थहरुको पौष्टिक तत्व विश्लेषण गरी वुकलेट प्रकाशन गर्नुका साथै खाजाजन्य परम्परागत खाद्य पदार्थहरु समावेश गरि फुड कम्पोजिशन टेवलको अद्यावधिकको लागि कार्य भैरहेको छ। विभिन्न ४६ किसिमका खाद्य पदार्थहरुको पौष्टिक तत्व विश्लेषण कार्य सम्पन्न गरिएको छ ।

उपभोक्ताहरुलाई स्वस्थ र सुरक्षित खाद्य तथा कृषिजन्य वस्तु उपलब्ध गराउन, दिगो कृषिलाई योगदान पुर्याउन, निर्यात प्रवर्द्धनका साथै आयात व्यवस्थापन गर्न नेपाल असल कृषि अभ्यास लागू गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ जारी गरेको छ । सो निर्देशिकामा नेपाल असल कृषि अभ्यास प्रमाणिकरण निकायको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोकेको छ । विभागले तीन तरकारी कृषि फर्महरुलाई नेपाल असल कृषि अभ्यास प्रमाणिकरणको प्रमाणपत्र जारी गरेको छ । साथै गत आवमा तरकारी तथा फलफुल उत्पादन हुने बिभिन्न जिल्लाहरू स्थित कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कार्यरत कृषि प्राविधिकहरू समेतको सहभागितामा नेपाल असल कृषि अभ्यास प्रमाणिकरण सम्बन्धि तालिम कार्यक्रम संचालन गरिएको छ।

खाद्य स्वच्छता सचेतना र उपभोक्ता शिक्षा

प्रवक्ता श्रेष्टका अनुसार विभागले आव २०७७/७८ मा खाद्य स्वच्छताका दृष्टिकोणले बढी जोखिमयुक्त खाद्य पदार्थहरु प्रशोधित पिउने पानी, दूध तथा खाने तेललाई प्राथमिकतामा राखी ६९ पटक खाद्य उद्योगीहरुसंग खाद्य स्वच्छता बारे तालिम, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ रोगको महामारीको अवस्थामा खाद्य उत्पादन तथा बिक्रीवितरणमा सहभागी हुने खाद्य व्यवसायी तथा कामदारले अपनाउनु पर्ने सावधानी जारी गरी खाद्य व्यवसायीलाई जानकारी र सुसूचित गर्ने र सोही बमोजिम उद्योग सन्चालनमा सहजीकरण तथा अनुगमनका साथै ३६ वटा दुग्ध उद्यगी तथा १८० वटा पानी उद्योगीहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी अन्तरक्रिया कार्यक्रम समेत सन्चालन भएको थियो । साथै खाद्य स्वच्छता तथा गुणस्तर, एस पि एस प्रावधान, कोडेक्स ईन्फोशान, नेपाल असल कृषि अभ्यास सम्बन्धि सूचना सन्देशहरू बिभिन्न सन्चार माध्यमहरूबाट प्रचार प्रसार गरिएको थियो। त्यस्तै २०७७/७८ मा विभाग तथा मातहतका कार्यालयहरुबाट जम्मा ७८८वटा होटल रेष्टुरेण्ट स्तरीकरण गरिएको थियो ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित