spot_img

एक्लौटी करोडौको बजार लिँदै भारतीय आँप

spot_img

काठमाडौँ । फलफूलको राजा मानिने ‘आँप’को सिजन बिस्तारै सकिदैछ । यससँगै नेपाली आँप पनि बजारमा पाउन छोडिएको छ । नेपाली आँपलाई विस्थापित गर्दै भारतीय आँपले पुनः बजार लिन थालेको छ । व्यावसायिक रुपमा अघि रहेको भारतीय आपँले सिजनमा दुई पटक नेपाली बजारमा स्थान ओगट्ने गर्छ ।

बैशाख सुरु भएसँगै नेपाली बजारमा पहेँलो आँप देखिन थाल्छ । हाल भने नेपालमा ९०:१० को अनुपातमा भारतीय तथा नेपाली आँप पाइन्छ । ‘नेपाली आँपको सिजन सकिन थालेसँगै किरा लागेको, कुहिएका तथा फत्केका आँप मात्र बजारमा पाइन्छ जुन उपभोक्ताले रुचाउँदैनन्,’ बल्खु फलफूल बजारका आँप व्यवसायी रितेश कुमार गुप्ता भन्छन् । दैनिक सय मेट्रिक टन जति आँप भित्र्ने गरेको उनको अनुमान छ । जेठबाट सुरु हुने नेपाली आपँको याम असारसम्म सिजन हुन्छ । उक्त समय भारतीय आँप तुलनात्मक रुपमा केही कम नै हुन्छ ।

भारतमा ठुलो परिमाणमा आउने कारण पनि नेपाली आँपको तुलनामा १० देखि १५ रुपैँयाले नेपाली आँप अझ महंगो हुन जाने उनले बताए । यद्यपि, हाल बजारमा पाइने आँप भारतीय भएको उनी बताउँछन् ।

कालीमाटी तरकारी बजारमा ४८ प्रतिशत भारतीय आँप

कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार गत असारसम्म तीन सय ३८ मेट्रिक टन आँप कालीमाटी तरकारी बजारमा भित्रिए । जस मध्ये एक सय ८८ मेट्रिक टन भारतबाट आएको जानकारी उनले दिए ।

बाँकी दुई सय मेट्रिक टन नेपाली मूलका आँप हुन् । जसमा सिरहाबाट २८ टन, सर्लाहीबाट १७ टन, सप्तरीबाट २५ टन महोत्तरीबाट १७ टन, धादिङबाट १८ टन, काटमाडौँ १० टन तथा बाँके, बारा, धनुषा, पर्सा, मकवानपुर, रैतहट आदि स्थानबाट पनि केही मात्रामा आँप कालीमाटी भित्रिए ।

‘कालीमाटीमा फलफुलको कारोबार खासै ठुलो छैन ’, प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यस कारण पनि आँपको कारोबार कालीमाटीमा कम देखिएको हो ’ । आँपमात्र नभई एभोकार्डो, अनार, सुन्तला जस्ता फलफूलमा पनि वर्षेनी अरबौँको नेपाली रकम विदेश भित्रिरहेका छन् ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित