spot_img

आयुर्वेद सेवालाई स्थानीयस्तरमा विस्तार गर्न जोड

spot_img

काभ्रे । स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै आर्थिक वर्षमा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित चार आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट गरी २३ हजार १७७ जनालाई सेवा प्रदान गरेको बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसहित आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, कोभिड तथा पोष्ट कोभिड बिरामीलाई आयुर्वेद औषधि तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यालयका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले बताउनुभयो । त्यसैगरी खरिबोट नागरिक आरोग्य सेवा केन्द्र पनौतीबाट विभिन्न सेवा गरी दुई हजार १८१, मण्डनदेउपुरबाट ५५१, भुम्लुबाट एक हजार ३११ जनाले सेवा पाएको जनाएको छ ।

त्यस्तै दाप्चा आयुर्वेद औषधालयबाट तीन हजार ९०७, बालुवा आयुर्वेद औषधालयबाट दुई हजार १२१, धुलिखेल आयुर्वेद औषधालयबाट दुई हजार ७७७ र मङ्गलटार आयुर्वेद औषधालयबाट छ हजार १३ जनाले सेवा लिएको जनाएको छ । केन्द्रका प्रमुख चौधरीका अनुसार कोरोना सङ्क्रमणको लहर फैलिएसँगै आयुर्वेदिक औषधि र उपचार विधि धेरै प्रभावकारी भएपछि सेवाप्रति चासो बढी भएको पाएको बताउनुभयो ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरपालिकाका स्वास्थ्य शाखाहरूमा आयुर्वेदिक सेवालाई सँगसँगै लानका लागि पहल गर्ने बताउनुभयो । स्वास्थ्य, शिक्षाजस्ता सेवाहरू स्थानीय तहलाई हस्तान्तण गरेको अवस्थामा आयुर्वेद सेवा केन्द्रलाई पनि व्यवस्थापना गर्न पहल गर्ने उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले आयुर्वेद सेवालाई सेवाग्राहीमाझ चिनाउन जरुरी रहेको बताउनुभयो । अब स्थानीय तहले योजना बनाउँदाखेरी आयुर्वेदिक सेवा केन्द्रलाई पनि बजेटको व्यवस्था गरेर सेवा विस्तार गर्ने विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा काभ्रेपलाञ्चोकको व्यवस्थापन समितिका अध्यक्ष प्रकाशबहादुर कायस्थले जिल्लामा रहेको आयुर्वेद सेवा केन्द्र, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार गर्दै त्यसलाई अस्पतालका रूपमा विकास गर्नका लागि पालिकाहरूले महत्व दिन आग्रह गर्नुभयो ।

जिल्लामा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल आयुर्वेद औषधालय, नमोबुद्ध नगरपालिकाअन्तर्गत दाप्चा आयर्वेद औषधालय, पाँचखाल नगरपालिकाअन्तर्गत बालुवा आयुर्वेद औषधालय र रोशी गाउँपालिकाअन्तर्गत मङ्गलटार आयुर्वेद औषधालय रहेको छ भने नागरिक आरोग्य सेवा केन्द्रहरूमा पनौती नगरपालिकाको खरिबोट, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थापना गरी सेवा दिँदै आएको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित