spot_img

सिर्दिबासमा १५० क्विन्टल चामल पु¥याइयो

spot_img

गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पु¥याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा वयापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टरमार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदानका चामल सिर्दिबास पु¥याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलका समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पु¥याइएको उहाँले बताउनुभयो । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासिन्दलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ ।

“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिँड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाइ दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भन्नुभयो, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पु¥याउन सम्भव भएको हो ।”
पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पु¥याएर सुरक्षित भण्डारण गरिएको उहाँले बताउनुभयो । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा गत जेठ अन्तिम सातादेखि नै अविरल वर्षा शुरु भएपछि चामल लैजान सकिएको थिएन । हेलिकप्टरमार्फत डिपोमा पु¥याइएको चामल अरुवा मन्सुली प्रतिकिलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिने सिर्दीबास डिपोले जनाएको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित