spot_img

सुत्केरीलाई पोषण कोसेली वितरण

spot_img

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४२६ सुत्केरीलाई उपमेयर पोषण कोसेली वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका ४२६ सुत्केरीलाई कोसेली दिएको हो । नगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्न र नियमित गर्भजाँचमा ल्याउन कोसेली कार्यक्रम शुरु गरेको हो ।

कोसेली पाएपछि सुत्केरी महिला खुशी भएका छन् । टीकापुर–१ की रुपा चौधरीले कोसेली पाएपछि खुशी लागेको बताउनुभयो । “मेरो दुई महिनाकी छोरी छिन्, पहिलो सन्तान हो । कोसेली लिन श्रीमान् पनि सँगै जानुभएको थियो”, रुपाले भन्नुभयो, “कोसेली दिनुअघि गर्भावस्था तथा सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने कुरा, बच्चाको स्याहार, खानपानबारे जानकारी दिइयो । सुत्केरी भइसकेपछि पनि नियमित तीनपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नेसमेत जानकारी पाएँ ।” रुपाका अनुसार सँगै कोसेली लिन आएका उहाँका श्रीमान्ले बच्चा र सुत्केरी स्याहारबारे सचेत भएको बताउनुभयो ।

त्यस्तै बुहारी सुत्केरी भएर कोसेली लिन आएकी टीकापुर–५ की सन्ध्या विककी सासू रुपकला विकले बुहारी विशेष अवस्थामा रहिछन् भन्ने बुझेको बताउनुभयो । “हुन त मैले नि चार सन्तान जन्माएकी हूँ, हाम्रा पालामा यस्तो सुविधा थिएन । सुत्केरीको खानपानमा निकै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकेँ”, रुपकलाले भन्नुभयो, “अब बुहारीलाई छोरीजस्तै स्याहार गर्नेछु । बच्चाको सबै काम आफैँ गर्छु । बुहारी स्वस्थ भए पो बच्चा स्वस्थ हुने रहेछ ।”

कोसेली लिँदा अनिवार्य चारपटक गर्भजाँच गरेको, नियमित आइरन चक्की खाएको, खोपको मात्रा पूरा गरेको र स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिएको हुनुपर्दछ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवालीले कोसेली लिन आउने सुत्केरी, सुत्केरीका श्रीमान्, सासूससुरालाई सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने खानपान र स्याहारबारेसमेत ज्ञान दिने गरेको बताउनुभयो । “यो कार्यक्रम जनचेतना जगाउनकै लागि हो । हामीले एक दिन मात्र कोसेली दिएर वर्षभरिलाई पुग्ने र पोषण सुधार हुँदैन”, ज्ञवालीले भन्नुभयो, “हाम्रो उद्देश्य सधैँ यस्तै खानेकुरामा ध्यान दिऊन्, परिवारको साथ र सहयोगमा बच्चा हुर्काउन मिलोस् भन्ने हो ।”

नगरपालिकाले तीन वर्षदेखि गरिरहेको यो कार्यक्रमले सुत्केरीले खानेकुरा बार्नुपर्छ भन्ने गलत सन्देशलाई चिर्दै हरियो सागपात, पोषिलो खानेकुरा खानुपर्छ भन्ने सन्देश दिन सकेको ज्ञवालीले बताउनुभयो । “हाम्रो समाजमा अहिले पनि गलत मान्यता छ, बच्चालाई असर गर्छ भन्दै सुत्केरीलाई खानेकुरा बार्न लगाउने गरिन्छ । हामीले यी कुरा चिर्दै गएका छौँ । हामीले सुत्केरीलाई अरुलाई भन्दा बढी र सबै कुरा खान दिनुपर्छ भनी सचेत गराउने गरेका छौँ ।”

नगरपालिकाले सुत्केरीलाई रु एक हजार बराबरको घीउ, अण्डा, गेडागुडी र फलफूल दिने गरेको छ । कोसेली दिँदा नियमित घरमा पनि यस्तै खाले खानेकुरा खान महिलालाई प्रोत्साहन गर्ने गरिएको छ । कोसेली लिन सुत्केरी आफँै, सुत्केरीका श्रीमान्, सासूससुरा साथमा आउने गरेका छन् । नगरपालिकाका उपप्रमुख केशरी रावल विष्ट महिलाको पोषण र स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो कार्यक्रम गरिरहेको बताउनुभयो । “हामीले पूर्ण संस्थागत सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क रगतको व्यवस्थासमेत गरेका छौँ”, उहाँले भन्नुभयो, “यसका साथै सुत्केरी हुँदा जटिल अवस्था भएकाले बाहिर जानु नपरोस् भनी नगरपालिकाको सहयोगमा टीकापुर अस्पतालमै स्त्रीरोग र बालरोग विशेषज्ञ सेवा दिइरहेका छौँ ।”

उपप्रमुख विष्ट मातृशिशु मृत्युदर घटाउन, कुपोषणको जोखिम घटाउन यी कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुहुन्छ । “बाल मृत्युदर, मातृ मृत्युदर घटाउन यो कार्यक्रमले सचेत गराएको छ । यसका साथै हामीले गर्भावस्थामा समेत पोषणसम्बन्धी विभिन्न कार्यक्रम गर्ने गरेका छौँ”, विष्टले भन्नुभयो, “स्वास्थ्यकर्मीले उपचारमा आउने गर्भवतीलाई केही समय पोषणसम्बन्धी परामर्शसमेत दिने गर्नुभएको छ ।”

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित