spot_img

प्लास्टिकको चामल : भ्रम र वास्तविकता

spot_img

नेपाली मिडिया र सामाजिक सञ्जालमा कहिलेकाही प्लास्टिकको चामलाको बारेमा चर्चा हुने गरेको छ । यस्ता अफवाहसँगसँगै आम उपभोक्तामा त्रास बढ्ने र खाद्य उत्पादकहरुमाझ अन्यौलता छाउने गरेको छ । खाद्य पदार्थजस्तो संवेदनशिल वस्तुका बारेमा आउने अफवाहले बजारलाई अराजक मात्र बनाउदैन, आम उपभोक्तामा त्रास र विषयविज्ञहरुमा नैराश्यता पनि ल्याइरहेको छ ।

प्लास्टिकको चामलका बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा विभिन्न तवरका प्रचार आउने गरेका छन् । कतिपयले पकाएको भातको डल्ला पारेर भुईमा उफार्ने र प्लास्टिकको चामल भनेर प्रचार गर्ने गरेको पनि देखिन्छ । भातको गोलो डल्लो बनाइ भुइमा फाल्दा रबरको बलजस्तो उफ्रिएको देखेर प्लास्टिक नै रहेछ भनेर पत्याउनेको जमात पनि ठूलै छ ।

प्लास्टिकको चामलको वास्तविकता

प्लास्टिकको चामल भन्ने अवधारणा प्लास्टिक कम्पनीबाट सुरु भएको हो । जब प्लास्टिक उत्पादनहरू रिसाइकलिङ प्रक्रियामा जान्छन, अन्तिम उत्पादनहरू चामल जस्तो आकारको देखिन्छन् । त्यसैलाई कारखाना कामदारहरूले सामान्य रूपमा प्लास्टिक चामल पनि भन्छन् । तर यो केवल प्लास्टिकको सामानहरू उत्पादन गर्न प्रयोग गरिन्छ ।

चामल जस्तो देखिने यस्ता प्लास्टिकका टुक्रा कहिलेकाही बदनियतपुर्वक चामलमा पनि मिसावट गर्ने गरेको पनि इतिहास छ । तर नेपालमा हालसम्म यस्तो मिसावट प्रमाणित भएको छैन र सामान्य अवस्थामा संभव पनि छैन । किनकी वास्तविक चामल उत्पादन गर्नु भन्दा यस्तो प्लास्टिकका टुक्रा उत्पादन गर्न बढि लागत लाग्दछ र व्यापारिक प्रयोजनका लागि यस्तो मिसावट गरेर फाइदा लिने कुरा काल्पनिक मात्र हो । तर आपराधिक प्रयोजनका लागि भने कहिलेकाही यस्तो मिसावट कुनै मुलुकमा भने भएको दृष्टान्त पनि छन् ।

कुनै पनि उत्पादकले मिसावट गर्नुको उद्देश्य भनेको आफ्नो नाफाको मार्जिन बढाउने र छोटो समयमा ठूलो रकम कमाउने हो । तर आर्थिक दृष्टिकोणबाट हेर्दा चामलमा प्लास्टिकको चामल मिसाएर व्यापार गर्नु फाइदा कमाउने दृष्टिले घाटा हुन जान्छ। पहिलो कुरा त प्लास्टिकको वजन चामलको भन्दा कम हुन्छ, त्यसैले भनेजति वजन पुग्न धेरै प्रयोग गर्नु पर्ने हुन्छ । अर्को कुरा प्लास्टिक आफैमा महङ्गो हुन्छ र प्लास्टिकलाई चामलको आकारमा परिणत गर्दा थप औद्योगिक शुल्क लाग्छ। त्यो बाहेक, प्लास्टिकलाई जब हामी पकाउछौ, त्यसले न चामल जस्तो पानी सोस्छ न पाक्छ । प्लस्टिकलाई पकाउदा पग्लन्छ र जल्छ। तेसैले चामलमा प्लास्टिक मिसाउनुको कुनै फाइदा र प्राविधिक हिसावले औचित्य छैन ।

पकाएको चामल किन रबरजस्तो उफ्रिन्छ ?

चामलमा कार्बोहाइड्रेट, अमिनो एसिड, बि भिटामिन र मिनरलजस्ता विभिन्न पोषक तत्वहरु पाईन्छ । यी पोषक तत्व मध्ये कार्बोहाइड्रेटको मात्रा प्रसस्त हुन्छ। चामलमा पाइने कर्बोहाइड्रेट मुख्यतः स्टार्च हो जसको उपस्थिति जम्मा कार्बोहाइड्रेटको औसतमा ८० प्रतिशत हुने गर्छ। स्टार्च एमाइलोज र एमाइलोपेक्टिनले बनेको हुन्छ। जब हामी चामललाई पकाउछौ, यसमा भएको एमाइलोज र एमाइलोपेक्टिनले पानी सोस्छ र पाकेका चामलका दाना (भात) एक आपसमा टासिन्छन। त्यस्तो भातलाई मुसेर बलजस्तो बनाएर भुइँमा फाल्दा रबरको बलजस्तो उफ्रने गर्छ ।

फरक फरक प्रजातिका धानमा फरक फरक अनुपातमा एमाइलोज र एमाइलो पेक्टिन हुन्छ। सोहि अनुपातको आधारमा कुनै चामलको भात बढि टासिने र कुनै कम टासिने खालको हुन्छ । त्यसैले चामलमा प्लास्टिकको मिसावटले नभई त्यसमा भएको एमाइलोज र एमाइलोपेक्टिनले गर्दा प्लास्टिकको जस्तो विभिन्न गुण देखिने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित