spot_img

महामारीमा चिनी उद्योगीको मनपरी

spot_img

काठमाडौँ । जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ ।
‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले ४ महिनासम्मलाई पुग्ने बताएका थिए । तर लकडाउनअगाडि ८५ रुपैयाँमा पाइएको चिनी अहिले ९० देखि ९५ रुपैयाँसम्म पर्छ,’ श्रेष्ठले भने, ‘ठूला उद्योगीले एकाएक भाउ बढाउँदा मन्त्रालय मौन बस्नु भनेको भाउ बढाउन सहयोग गर्नु हो । यसले मन्त्रालयकै इसारामा भाउ बढाएको बुझाउँछ ।’ खुद्रा व्यापारी चन्द्र थापाले पनि लकडाउनअघि प्रतिकिलो ७६र७७ रुपैयाँमा खरिद गरिरहेको चिनीलाई अहिले ८५र८६ रुपैयाँ तिर्नुपरेको बताए । उक्त मूल्यमा गाडी भाडा, लोडरअनलोड गरेर ९० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘संक्रमणको अवस्थामा मूल्य बढेर खुद्रामा प्रतिकिलो ९० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । कोभिडका कारण छिमेकी मुलुकबाट चिनी नआएको बहानामा नेपाली उद्योगीले मूल्य बढाए,’ थापाले भने, ‘मूल्य घटाएर बिक्री गर्नुपर्नेमा महामारीलाई कमाउने माध्यम बनाइयो ।’

चिनी उद्योगबाट मूल्य बढेपछि कतिपय होलसेलले पनि आफूखुसी मूल्य बढाइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । नियमक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मूल्य बढ्नुपर्ने कारण नभएको जनाएको छ । ‘उद्योगीहरूले फ्याक्ट्री मूल्यमा प्रतिकिलो ३ रुपैयाँ बढाएको स्विकारेका छन,’ विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी मौज्दात हुँदा मूल्य बढेन । मौज्दात सकिएपछि नेपाली उत्पादकले मूल्य बढाए ।’ फ्याक्ट्री मूल्यमा ३ रुपैयाँ बढ्दा होलसेल, खुद्रा बजारमा प्रतिकिलो ७र८ रुपैयाँसम्म फरक पर्ने पौडेलको भनाइ छ । चिनीको मूल्य बढ्नुमा मुख्यतः मौज्दातकै अभाव रहेको विभागको निष्कर्ष छ ।

खुद्रा व्यापारीहरूले प्रतिकिलो ९० देखि ९५ रुपैयाँमा बिक्री गरिरहँदा साल्टले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बेचिरहेको थियो । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । तर साल्ट ट्रेडिङसँग ७ सय टन मात्रै मौज्दात छ । त्यसमा पनि काठमाडौंमा साढे ३ सय टन मात्रै मौज्दात रहेको साल्टका सहमहाप्रबन्धक कुमारराज राजभण्डारीले बताए । ‘वीरगन्ज र काठमाडौंको गोदाममा गरेर ७ सय टन हो,’ उनले भने, ‘चिनी कम भएपछि आउटलेटबाट खुद्रामा किन्नेलाई मात्रै बेचेका छौं ।’
बजारभाउ नियन्त्रण गर्न साल्टले सहुलियत दरमा चिनी आयात गर्छ । पर्याप्त मौज्दात नहुँदा साल्टले होलसेललाई सहुलियत चिनी बिक्री बन्द गरेको छ । बजारमा अभाव हुन नदिन र चाडबाडलाई लक्ष्य गरी ५० हजार टन माग गरिएको थियो । तर सरकारबाट २० हजार टन मात्रै ल्याउने स्वीकृति मिल्यो । दसैंलगत्तै साल्टले पुनः थप ३० हजार टन चिनीको माग गरेको थियो । तर अहिलेसम्म आयात गर्न स्वीकृति पाएको छैन । ‘अभाव भएपछि आपूर्ति मन्त्रालयमार्फत पटकपटक माग गरिरहेका छौं । तर अझै अनुमति मिलेको छैन,’ राजभण्डारीले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले पनि सहुलियत चिनी आयातमा निर्णय भइनसकेको बताइन् । ‘साल्टले पठाएको पत्र अर्थ मन्त्रालयमा पठाएका छौं । तर अर्थले मागका विषयमा सहमति दिएको छैन,’ केसीले भनिन्, ‘सरकारसँग मौज्दात नहुँदा चिनी खुद्रामा प्रतिकिलो मूल्य ९५ रुपैयाँसम्म परेको जानकारी पाएका छौं ।’

करिब २० दिनअघि सहमतिका लागि पुनः अर्थ मन्त्रालयलाई ताकेता पत्र पठाइएको सहप्रवक्ता केसीले बताइन् । चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले भने उत्पादन घटेको र लागत बढेकै कारण फ्याक्ट्रीले चिनी मूल्य प्रतिकिलो साढे ८२ रुपैयाँ बनाएको दाबी गरे । ‘उत्पादन धेरै घटेको छ । भारतबाट पनि आयात हुन सकेको छैन,’ उनले भने, ‘भारतबाट आयात भए पनि महँगो पर्छ ।’ गत माघसम्ममा उद्योगीहरूले प्रतिकिलो ७८ रुपैयाँ फ्याक्ट्री मूल्यमा बिक्री गरेको होलसेल व्यवसायीहरू बताउँछन् । सरकारले उखुको समर्थन मूल्य केही बढाएर तोकेपछि उद्योगीहरूले फ्याक्ट्री मूल्य करिब ८० रुपैयाँ पुर्‍याए । उखु क्रसिङ सकिएलगत्तै कोभिडको मौकामा मूल्य पुनः बढाएका छन् । उद्योगीहरूसँग लागत र नाफाको विवरण मागिएको विभागका महानिर्देशक पौडेलले जानकारी दिए । त्यसपछि मूल्य विश्लेषण गरेर बढी लिनेलाई कानुनी दायरामा ल्याइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित