spot_img

आर्सेनिकयुक्त पानीबाट स्वास्थ्यमा पर्ने असर र बच्ने उपायहरु

spot_img

आर्सेनिक एक किसिमको रसायनिक तत्व हो । पानी, खाना वा अन्य माध्यमबाट शरीर भित्र धेरै मात्रामा आर्सेनिक गएमा भने यसले स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ।
आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।

हजारौं वर्षअघि आर्सेनिक मिसिएका चट्टानहरु हिमालय तथा अन्य अग्ला भू–भागहरुबाट पानीको माध्यमद्वारा खिइदै बालुका, गिट्टी, माटोसँग मिसिदै समथर भूभागमा जम्मा भएको भूगर्भविद्हरुको भनाइ छ। भारतको पश्चिम बंगाल, बंगलादेश, एवं नेपालको तराईका भागमा पनि यही प्रकृयाबाट आर्सेनिक बनेको बताइन्छ।

त्यस्ता भू–भागको जमिन मुनिको पानीमा विभिन्न रसायनिक प्रकृयाद्वारा आर्सेनिक मिसिन पुग्छ। त्यसकारण जमिनमुनीको पानीमा आर्सेनिक भेटिने गर्दछ।

आर्सेनिकको प्रमुख स्रोत प्रकृतिक नै भएतापनि विभिन्न मानवीय क्रियाकलापहरुबाट पनि वातावरणमा आर्सेनिक प्रदुषण बढिरहेको हुन्छ।

यस्तै रासायनिक मल, काठ रङ्याउने विभिन्न रङ्गहरु उत्पादन गर्दा, किटनाशक औषधि प्रयोग गर्दा वातावरणमा आर्सेनिक बढिरहेको हुन्छ।

पानीमा आर्सेनिकको सुरक्षित मात्रा

जमिनमुनिको पानीमा केही न केही मात्रामा आर्सेनिक रहेकै हुन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रति लिटर पानीमा शुन्य दशमलब शुन्य एक प्रतिशत मिलीग्रामसम्म आर्सेनिक भएमा यसलाई सुरक्षित मान्न सकिन्छ।

केही देशहरु जस्तै बंगलादेश, भारत आदि मुलुकहरुले शुन्य दशमलब शुन्य पाँच मिलीग्राम प्रति लिटरसम्मलाई सुरक्षित मापदण्ड मानेका छन्।

नेपालमा पनि शुन्य दशमलब पाँच मिलीग्राम प्रति लिटरसम्म आर्सेनिक भएको पानीलाई सुरक्षित मानिएको छ।

मापदण्डभन्दा बढी आर्सेनिक मिसिएको पानी पिएमा के हुन्छरु
आर्सेनिक बढी भएको पानी पिएमा तत्कालै केही असर देखिदैन। तर, आर्सेनिक मिसिएको पानी लगातार ८ देखि १० वर्षसम्म पिएमा आर्सेनिकोसिस भन्ने रोग लाग्नसक्छ। यो रोगको लक्षण र चिन्हहरु तीन चरणको हुन्छ।

आर्सेनिकोसिस रोगको लक्षण र चिन्हहरु

–आर्सेनिकको असरले गर्दा छालाको रंग गाढा कालो हुँदै जान्छ।
– पछि गाढा भएको छालाको बीचमा स–साना सेता थोप्लाहरु देखिन्छ।
–हत्केला र पैतालाको छाला क्रमश खस्रो, सुख्ख तथा बाक्लो हुनुको साथै छाम्दा छालाको भित्रपट्टि गिर्खाहरु भेटिन्छन्।
–हत्केला र पैतालाका गिर्खाहरु बढ्दै गई बाहिरी भागमा काउलीको फूलजस्तै स्पष्ट देखिन्छ।
–आर्सेनिकको असर प्रायः सम्पूर्ण अंगहरुमा देखिन्छ।
–शरीरको छाला, फोक्सो, मुत्रथैली, कलेजो र मिर्गौलामा दीर्घकालीन असर देखिन्छ।
–क्याक्सर हुने कारक तत्वहरुमध्ये आर्सेनिक पनि एक हो।
–छालामा घाउ लगातार भई रहने र तेस्रो चरणमा पुगेका बिरामीहरुको उपचार गर्न गाह्रो हुनसक्छ।

आर्सेनिक मिसिएको पानी र जिवाणुबाट प्रदुषित पानी पिउँदा स्वास्थ्यमा पर्ने असरहरु

–आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदा निको नहुने प्रकारका दीर्घ रोगहरु लाग्न सक्छ। तर यसमा पनि मुख्यत आर्सेनिकको मिसावट दरमा निकै भर पर्दछ।
–जिवाणु अर्थात फोहोर मिसिएको पानी पिउँदा तुरुन्तै सरुवा रोगहरु तथा पानीजन्य रोगहरु जस्तै झाडापखाला, टाइफाइड जन्य रोगहरु लाग्न सक्छ। जसले मानिसको मृत्यु नै हुने जोखिम रहन्छ।
–दुषित पानी पिउनुको सट्टा आर्सेनिकयुक्त पानी पिउदा तुलनात्मक रुपमा स्वस्थ्यलाई कम असर पर्न सक्छ। यसकारण आफ्नो घरको वा नजिकको धारा तथा ट्युवेवेलको पानीमा आर्सेनिक मिसिएको छ भन्दैमा जिवाणुबाट दुषित अन्य पानीका स्रोतहरु खोला, पोखरीको पानी प्रायोग गर्नु हुँदैन।

आर्सेनिकबाट लाग्ने रोगहरुबाट बच्ने उपाय 

–आर्सेनिकको पहिलो चरणबाट ग्रसित बिरामीहरुले यो समस्याबाट बच्न आर्सेनिकरहित पानी पिउनु नै सबैभन्दा उत्तम उपाय हो।
–आर्सेनिक मिसावट तथा दुषित नभएका तथा हुने कम सम्भावना भएका स्रोतहरु जस्तै आकासको पानी, मुल, डिप ट्युववेलको पानी प्रयोग गर्नु उपयुक्त हुन्छ।
–यी नयाँ स्रोतहरु प्रयोग गर्दा पनि पानी उमालेर पिउँदा पानीबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ।
–स्थायी उपायको निम्ति आफ्नो गाउँ वरपरका सम्पूर्ण ट्युववेलहरुको परीक्षण गरी आर्सेनिक रहित ट्यूववेलको पानी पिउन तथा खाना पकाउन प्रयोग गर्न सकेमा आर्सेनिकबाट बच्न सकिन्छ।
–भिटामिनहरु तथा पोषणयुक्त खाना खाएमा यसका लक्षणहरु हराउँदै जान सक्छन्। तर दोस्रो वा तेस्रो चरणमा पुगेका रोगहरुलाई भने पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ।
–आर्सेनिकबाट प्रभावित व्यक्तिहरुले पोषणयुक्त खाना तथा नियमित रुपमा व्यायाम गर्ने, चुरोट, रक्सी जस्ता अम्मल पदार्थ नखाने स्वस्थ बानी अपनाउनुपर्छ।
–आफुले प्रयोग गर्ने पानीको स्रोतमा आर्सेनिकको मात्रा जाँच गर्नुपर्छ।
–आर्सेनिकोसिसको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित