spot_img

नुनमा आयोडीनको मात्रा घटाउनु आवश्यक

spot_img

काठमाडौ । आयोडीन शरिरका लागि नभइ नहुने पोषक तत्व भएता पनि बढि खानु झनै खतरनाक हुने विज्ञहरुले बताएका छन् । सरकारले फ्रेबअरी महिनालाई आयोडीनको कमीले हुने विकृतिबारे सचेतना फैलाउने महिनाका रुपमा मनाउने बारेमा स्वास्थ्य सेवा विभागमा गरेको अन्तक्रिया कार्यक्रममा पोषण क्षेत्रका जानकारहरुले आयोडीनको कमी वा बढि दुबै अवस्था स्वास्थ्यका दृष्टिकोणले बेफाइदाकर भएको बताएका हुन् ।

नेपालीहरुले नुनको खपत बढि भएकाले नुन कम खान सचेतना फैलाउदै र नेपालमा बेचिने नुनमा आयोडीनको मात्रा घटाउनु पर्ने तर्फ पनि सरकारले प्रक्रिया अगाडी बढाएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए । “नून थोरै खाऔं तर सही मात्रामा आयोडीन भएको दुई बालबालिका चिन्ह भएको पाकेटको नून मात्र खाऔं” भन्ने शन्देशका साथ देशव्यापी विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आयोडीन महिना मनाउन लागिएको पमुख पराजुलीले जानकारी दिए ।

नेपाल सरकारले सन् १९७३ देखि नै खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिरहेको छ । नेपाल सरकारले सन् १९७३ देखि नै खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिरहेको छ । हाल नुनमा ५० पिपिएम अर्थात एक केजिमा ५० माइक्रोग्राम आयोडीन मिसाउने गरिन्छ । नेपालीहरुले दैनिक खाने नुनसँग यो मात्रालाई तुलना गर्दा हालको आयोडीनको मात्रा बढि भएको विज्ञहरुको राय रहदै आएको छ । भारतलगायत मुलुकमा नुनमा ३० पिपिएम मात्र आयोडीन मिसाउने गरिन्छ । आयोडीनको उपभोग बढि गरेमा थाइराइड हर्मोनको असन्तुलन भइ विभिन्न स्वास्थ्य समस्या आउने जानकारहरु बताउछन् । 

दैनिक कति आयोडिन चाहिन्छ ?

  • जन्मेदेखि ५९ महिनाका बालबालिकालाई : ९० माइक्रोग्राम
  • ६ देखि १२ वर्षका बालबालिकालाई :१२० माइक्रोग्राम
  • वयस्कलाई : १५० माइक्रो ग्राम
  • गर्भवती र सुत्केरीलाई : २५० माइक्रोग्राम

शरिरले पर्याप्त मात्रामा आयोडिन नपाएमा के हुन्छ ?

  • भ्रुणमा पर्ने असरहरु : गर्भ तुहिने , मरेको बच्च जन्मने, अविकसित दिमाग, शारीरिक विकलांक
  • बालबालिकामा पर्ने असरहरु : हाइपरथाइरोइडिज्म, पढाईमा कमजोर र सुस्त मनस्थिती, शारीरिक कमजोरी
  • वयस्कमा पर्ने असरहरु : गलगाँड, हाइपरथाइरोइडिज्म र मानिसिक क्षमतामा कमि, शारीरिक तथा सामाजिक समस्या, शक्तिको कमी, सुस्त मनस्थिति, पढाइमा कमजोर, बोलिको विकास नहुने, न्यूरोलोजिकल क्रेटिनिज्म । 

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित