spot_img

कृषि क्षेत्र सुधारका लागि नयाँ नीति आवश्यक: मन्त्री भुसाल

spot_img

चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधारका लागि नयाँ नीति आवश्यक रहेको बताएका छन ।

केन्द्रीय दुग्ध सहकारी सङ्घद्वारा आज चितवनको सौराहामा आयोजित ‘दुग्ध क्षेत्रका समस्या, चुनौती, समाधान र अवसर’ विषयक एकदिवसीय कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको सुधारका लागि पाँचवटा नीतिगत आधार निर्माण भएको बताए ।

“दूध बिक्री नहुने समस्याको समधानतर्फ सरकारले काम गरिरहेको छ”, उनले भने, “कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दुग्ध क्षेत्रमा मात्र नभई सबै कृषि उपजको बिक्रीमा समस्या भएको छ । सरकारले उत्पादित वस्तुको बिक्रीको ग्यारेण्टी लिने गरी अगाडि बढेको छ ।”

मन्त्री भुसालले नेपालमा उत्पादन भएको दूध बढी लागतमा उत्पादन हुने भएकाले कृषक मारमा परेको उल्लेख गर्दै यहाँ प्रयोग हुने कमजोर प्रविधिलाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ तथ्याङ्क सङ्कलन गर्ने काम शुरु गरिएको जानकारी दिदैं उनले नेपालमा अहिले पनि ३५ वर्ष पुरानो तथ्याङ्कको अधारमा योजना निर्माण गर्दा अहिलेको समस्याको प्रभावकारी समाधान हुन नसकेको बताए ।

नेपालमा उत्पादन हुने दूध ५० प्रतिशत घरबाट, ३० प्रतिशत निजी डेरी र २० प्रतिशत दुग्ध विकास संस्थानबाट बजारमा जाने गरेको तथ्याङ्क छ । नेपालमा प्रतिदिन सात लाख लिटर दूध उत्पादन हुने गरेको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित