spot_img

आज र भोली देशभर भिटामिन ए क्याप्सुल खुवाइने

spot_img

काठमाडौ । ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने “राष्ट्रिय भिटामिन ए कार्यक्रम” आज देशभरि एकैसाथ सञ्चालन सुरु भएको छ । बिहिबार र शुक्रबार सञ्चालन हुने कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने र १ देखि ५ बर्षका बालबालिकालाई जुँकाको औषधीका साथै बालभिटा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दशकभन्दा बढि समयदेखि महिला स्वास्थ्य स्वयम् सेविकाहरु मार्फत भिटामिन ए क्याप्सुल खुवाउने कार्य बैशाख र कार्तिक गरि बर्षको दुई पटक सञ्चालन हुदै आएको छ । यस बर्ष बैशाख ६ र ७ गते सञ्चालन गर्नु पर्ने राष्ट्रिय भिटामिन ए कार्यक्रम कोभिड १९ का कारण असार २२ र २३ गते गरिएको थियो भने कार्तिकमा खुवाउनु पर्ने भिटामिन ए मंसिर ११ र १२ गते खुवाउने निर्णय भएको थियो ।

यस चरणमा देशभरका ६ महिनादेखि देखि ५ बर्षसम्मका २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल, २४ लाख जनाले जुँकाको औषधी खाने र ६ लाख जनालाई बालभिटा वितरण गरिने लक्ष्य रहेको छ । त्यसका लागि करिब ५२,००० महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए क्याप्सुलले बाल मृत्युदर घटाउन तथा बालबालिकाहरुमा भिटामिन ए को कमीका कारण हुनसक्ने स्वास्थ्य जटिलता न्युनीकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने विज्ञहरु बताउछन् ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित