spot_img

आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल गरिने

spot_img

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरस रोग ९कोभिड–१९० को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु ९सुठो, पिप्ला र मरीच० मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो । डा. पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने ।

हालसम्म कोभिड–१९ को खोप र औषधि तयार भएको छैन, परीक्षणकै क्रममा छन् । तर, विश्वमा यस रोगविरुद्ध आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन स्वीकृति भने दिइएको छैन । केही समयअघि बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले कोभिड–१९ को औषधि दाबी गर्दै ‘कोरोनिल’ बजारमा ल्याएको थियो । तर, भारत सरकारले त्यसको विज्ञापन तथा बिक्रीवितरणमा रोक लगाएको थियो । यसै क्रममा नेपालमा भने एनएचआरसीले संक्रमितमा आयुर्वेदिक औषधिको प्रयोग गरेर अध्ययन कार्य अगाडि बढाएको छ ।

धेरै जनामा अहिले आयुर्वेदिक औषधिप्रतिको विश्वास बढेको पाइन्छ । कोभिड–१९ निको भएर घर फर्किएकाले पनि आइसोलेसनको बसाइमा घरमै पाइने जडीबुटी सेवन गरेर लाभ लिएको दाबी गर्ने गरेका छन् । बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँगको विशेष छलफलमा आयुर्वेदको प्रयोग बढाउन जोड दिएका थिए ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित