spot_img

बेसार सेवन गर्दा जान्नैपर्ने कुरा

spot_img

कोरोना भाइरस विरुद्ध प्रतिरोधी हुने दाबि गरिएकाले यति बेला बेसारको खपत बढेको छ । नेपालमा त अझ प्रधानमन्त्रीले संसद मै बेसार बारे चर्चा गरेपछि यसले ठुलै चर्चा पायो । प्रधानमन्त्रीलाई उडाउदै विभिन्न कार्टुन देखि गितसम्म बने पनि बिहान बेलुका बेसार पानी खानेको संख्या ठुलो छ । तर हरेक फाइदाकर वस्तुको पनि सिमितता र निश्चित नियम हुन्छन् । बेसार खादा पनि कतिपय कुरा विचार नगर्दा फाइदा हैन घातक असर पर्न सक्दछ ।

विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निचोड निकालेको छ। कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान नहुने विज्ञहरू बताउँछन्।

अत्यधिक बेसार सेवनले मिर्गौलामा समस्या भएकाहरू, कलेजोमा समस्या भएकाहरुलाई खतरा निम्त्याउछ भने एलर्जीदेखि क्यान्सरसम्मको जोखिम समेत रहन्छ।

धेरै बेसार सेवन गर्दा हुने हानिबाहेक बजारमा उपलब्ध बेसारको गुणस्तर पनि चिन्ताको विषय हो। नेपाली बजारमा उपलब्ध बेसारमा खरी (चक), स्टार्च, लेड क्रोमेट मिसाइएको पाइने गरेको छ। लेड क्रोमेटअखाद्य पदार्थ हो र बेसारमा पहेँलो रङ्ग ल्याउनका लागि यसको प्रयोग गरिन्छ।

हजारौँ वर्षदेखि दक्षिण एशियाका विभिन्न क्षेत्रमा बेसार सेवन गरिँदै आएको भए पनि यसको मनपरी प्रयोग निकै घातक हुनसक्ने विभिन्न तथ्यहरुले प्रमाणित गरेको छ । ठिक्क मात्रामा बेसार पानीले भने स्वास्थ्यमा फाइदै गर्दछ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित