spot_img

बेसारमा भाइरस नष्ट गर्नसक्ने गुण भएको चिनिया वैज्ञानिकको निष्कर्ष

spot_img

बेसारको सेवन भाइरसको संक्रमणबाट बचाउन उपयोगी हुने चिनिया वैज्ञानिकहरुको एक अनुसन्धानले पुष्टि गरेको छ । जर्नल अफ जनरल भाइरोलोजीमा जुलाई १७ मा प्रकाशित एक अध्ययनले बेसारले कोरोनाजस्ता भाइरसहरु तथा व्याक्टेरियाहरुको संक्रमणबाट समेत बचाउने दाबि गरिएको छ ।

नेसनल साइन्स फाउन्डेसन अफ चाइनाको सहयोगमा चीनको वुहान युनिभर्सिटी अफ इन्जिनियरिङका शोधकर्ताहरुले उक्त अध्ययन गरेका हुन् । शोधकर्ताहरुले बेसारमा पाइने कर्कुमिन नामक प्राकृतिक रसायन भाइरस नियन्त्रणमा सक्षम भएको दाबि गरेका छन्। उनिहरुले अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने अल्फा कोरोनाभाइरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी) मा यसको परीक्षण गरेका थिए । अध्ययनमा निश्चित डोजको कर्कुमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई निस्तेज पार्ने र रोक्ने निष्कर्ष निकालिएको छ ।
अनुसन्धानका अनुसार भाइरस संक्रमणको सुरुवाती चरणमा कर्कुमिनले भाइरसको प्रजनन् हुने गतिविधिलाई बाधा गरि शरिरमा भाइरसको संख्या बढ्न दिदैन । ५० माइक्रोग्राम कर्कुमिनको डोजले टीजीइभीको सम्पुर्ण गतिविधि नै निस्तेज पार्ने समेत अनुसन्धानमा दाबि गरिएको छ । अध्ययनको निष्कर्षका आधारमा हाल फैलिइरहेको कोरोनाभाइरस विरुद्धको प्रतिरोधी क्षमता बलियो बनाउनका लागि बेसारको सेवन उपयोगी हुने तथा यस्ता संक्रमणका लागि कर्कुमिनलाई भावि औषधीका रुपमा समेत हेरिएको छ ।

त्यस्तै इरानका वैज्ञानिकहरुले गत मेमा प्रकाशन गरेको यस्तै अध्ययनले पनि बेसारले भाइरस तथा ब्याक्टेरियाको संक्रमणबाट बच्न सहयोग गर्ने निष्कर्ष निकालिएको थियो । फ्रन्टलाइनर्समा गत जुनमा प्रकाशित चीन कै वैज्ञानिकहरुले गरेको अर्को अध्ययनले पनि बेसारमा पाइने कर्कुमिन संक्रमण विरुद्ध लड्न उपयोगी हुने दाबि गरिएको छ ।

बेसारमा पाइने कर्कुमिन एकप्रकारको यौगिक हो र यसमा ट्युमर हुनबाट रोक्ने, एन्टिअक्सिडेन्ट, ढुसि तथा परजीविनाशक गुण हुने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् । बेसारलाई परापुर्वकाल देखि नै प्राकृतिक एन्टिबायोटिकका रुपमा समेत हेर्ने गरिन्छ । औसतमा एक चिया चम्चा बराबरको शुद्ध बेसारमा करिब २०० मिलिग्राम बराबरको कर्कुमिन पाइन्छ ।

नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले केहि महिना अगाडी संसदमा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसबाट बच्न बेसार उपयोगी हुने दाबि गरेका थिए । वैज्ञानिक पुष्टिबिना नै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचना पनि भयो । प्रधानमन्त्रीको उक्त भनाईलाई अहिले पनि विभिन्न गित नै बनाएर, सामाजिक सञ्जालमा ट्रोल, कार्टुन बनाएर उडाइरहेको देखिन्छ । संक्रमणसँग लड्न सहयोग गर्ने विश्वासका साथ विभिन्न मुलुकहरुमा भने अहिले बेसारको क्याप्सुल, पाउडर, जुस बनाएर बिक्रि गर्न थालिएको छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसायन हालेर पकाइएको आँप कसरी चिन्ने?

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा...

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...
spot_img

अन्य सम्बन्धित