spot_img

पोषण पुनस्थापना अन्तरिम निर्देशिका जारी

spot_img

स्वास्थ्य मन्त्रालयले बाल कुपोषण उपचार केन्द्रका रुपमा रहेका पोषण पुनस्थापना गृहहरुको सेवा सञ्चालनका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । कोभिड १९ को संक्रमण बढ्दै गइरहेको र बन्दाबन्दीको अवधि पनि थपिदै गएको अवस्थामा बाल कुपोषण झन बढ्ने जोखिम भएकाले त्यस्ता उपचार गृहहरु नियमित सञ्चालन गर्न निर्देशिका जारि गरिएको हो ।

नेपालमा हाल २२ वटा पोषण पुनस्थापना गृहहरु सञ्चालनमा छन् । पछिल्लो समय कतिपय पोषण पुनस्थापना गृहलाई कोभिड–१९ उपचारका लागि क्वारेन्टाईन, आइसोलेनका रुपमा पनि प्रयोग गरिदै आएको छ । तर सामान्य अवस्थामा नै उच्च रहेको बाल कुपोषण कोभिड १९ का कारण गरिएको बन्दाबन्दीका कारण बजार, पसल बन्द रहेको तथा आय आर्जनको स्रोतमा पनि असर परेका कारण बाल कुपोषण बढ्ने जोखिम उच्च छ । निर्देशिकामा गृहको सेवा नियमित सुचारु गर्नु पर्ने र पोषण पुनस्थापना गृह भएको अस्पताल अन्तरगत रहेको बाल रोग विभागले सञ्चालन गर्ने बहिरंग सेवामा आएका बालबालिकालाई आवश्यक संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाई नियमित पोषण जाँच तथा परामर्श सेवा प्रदान गर्नु पर्ने उल्लेख छ ।

अन्तरिम निर्देशिकाको पुर्ण पाठका लागि यहा क्लिक गर्नुहोस ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित