spot_img

सामान्य सावधानी अपनाए कोरोना संक्रमणबाट बचिन्छ

spot_img

चिनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइरहेको छ । मंगलबार साझसम्म संसारभर १,१६,४५८ जना संक्रमित भइसकेका छन भने ४,०९१ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमित मध्ये ६४,७५० जना उपचार गरि निको भएका छन । विश्व्भर फैलने क्रममा रहेको भाइरसबाट छिमेकि मुलुक भारतमा पनि हालसम्म ५६ जना संक्रमित भेटिएका छन् । नेपाल संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

हालसम्म कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कुनै विशेष औषधि उपलब्ध बनिसकेको छैन। रोग प्रतिरोधि क्षमता बजबुद बनाई भाइरससँगको शरिरको लडाई जिताउनु नै यसको संक्रमण भएपछिको उपचार हो । संक्रमण हुन नदिन भने सामान्य सावधानीले पनि काम गर्न सक्छ ।

  • मानिसहरूको जमघट, भिडभाडमा नजाने,
  • पटक पटक साबुनपानीले मिचिमिचि हात धुने,
  • भिटामिन सियुक्त फलहरु जस्तै: कागती, अमला, किवि, जुनार, ब्रोकाउली, अमला, अम्बा, पालक तथा अन्य सागहरु, क्याप्सिकम, लिचि, मेवा, स्ट्रबेरी आदि नियमित खाने,
  • मनतातो पानी पिइरहने,
  • पोषिलो झोलिलो खानेकुरा, सुप खाने,
  • चिन्तामुक्त रहने,
  • ज्वरो आएमा, भाइरसको संक्रमण भएमा प्रशस्त आराम गर्ने,
  • फ्लुजस्तो लक्षण देखिएमा अन्य व्यक्तिबाट टाढै रहि तुरुन्तै चिकित्सकसँग परामर्श गर्ने,
  • आफु सचेत रहने, अरुलाई पनि सचेत गराउने ।

थप जानकारीका लागि विश्व स्वास्थ्य संगठनको यो भिडियो हेर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

काठमाडौं- पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल...

नियन्त्रण भएन तरकारीमा विषादी

काठमाडौँ । काठमाडौ उपत्यकामा भित्रिने तरकारीमा विषादीको अवशेष खान मिल्नेभन्दा बढि मात्रामा पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल...

विद्यालय खाजाको मेनुमा फर्सिको खीरदेखि कोदोको हलुवासम्म

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको...

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग

बाँके । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
spot_img

अन्य सम्बन्धित