मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै मनाउने चलन छ । मासुका लागि बध गरिने पशुपंक्षीको बध गर्नु पुर्व, बध गरिसकेपश्चात र उपभोग गर्ने समयमा ख्याल पुग्न सकेन भने त्यहि मासुको उपभोग रोगको कारक पनि बन्न सक्दछ । अतः रमाइलोका नाममा शरिरमा रोग नलागोस भनेर चाडबाडमा खानपानमा विशेष विचार गर्नै पर्दछ ।

मासु उपभोगको वर्तमान अवस्था

पछिल्लो तथ्याङ्क अनुसार एक जना नेपालीले वर्षमा सरदर ११.५ के.जी. मासु खाने गरेको देखिन्छ । सन २००८ मा नेपालमा प्रति व्यक्ति मासु खपत ९.७ के.जी. थियो । यो तथ्याङ्क अनुसार मासु खपतमा वृद्धि भइरहेको देखिए पनि अन्य विकासोन्मुख देशहरुको तुलनामा नेपालमा प्रतिव्यक्ति प्रति वर्ष मासु खपत कम छ । विश्व खाद्य संगठनको तथ्याङ्क अनुसार विश्वको औसत प्रति व्यक्ति मासु खपत ४२.५ के.जी., विकासशील देशहरुको ३२.४ के.जी. र विकसित देशहरुको ७९.२ के.जी. छ । सरकारी तथ्यांक अनुसार सन २०१७/१८ मा नेपालमा ३४६१७९ मे.ट. मासु खपत भएको थियो जसमा सबै भन्दा ठूलो हिस्सा रागाभैसीको र त्यसपछि क्रमशः खसीबोका, कुखुरा र बंगुरको रहेको थियो ।

मासुको पौष्टिक महत्व

मासु अत्यन्त पोषिलो आहार हो र पोषणको दृष्टिले बढी परिमाण र प्रकारका खाद्य सामग्री उपभोग गर्ने धनी देशहरुमा भन्दा नेपाल जस्ता गरिव देशहरुमा यसको धेरै महत्व छ । मासुमा अन्य खाद्यपदार्थ भन्दा धेरै प्रोटिन पाइने र शरीरको लागि अत्यावश्यक तर, अनाज तथा तरकारीमा नपाईने कतिपय अमिनो एसिडहरु समेत मासुमा पाइने भएकोले खाद्य सामग्रीमा आम नागरिकको पहुच कम हुने हाम्रो जस्तो देशमा मासुको पौष्टिक महत्व बढी भएको हो । प्रोटिनको अतिरिक्त मासु लौह, जिंक, भिटामिन–बी र भिटामिन–ए को पनि अत्यन्त राम्रो स्रोत हो ।

पशुको शरीरमा मांसपेशी, तन्तु, बोसो, हड्डी र ७० प्रतिशतसम्म पानी हुन्छ । मासुमा पाइने पौष्टिक तत्व र पानीको मात्रा पशुपन्छीको प्रजाति, उमेर, आकार आदिबमोजिम फरक फरक हुनसक्छ । मासुमा मांसपेशीको बनावट लगभग एकनास रहन्छ भने सबै भन्दा बढी बोसोको मात्रामा फरक पर्ने गरेको पाइन्छ ।

मासु कसरी स्वास्थ्यका लागि हानीकारक बन्न सक्दछ ?

मासु ३ वटा कारणले स्वास्थ्यका लागि हानीकारक हुन सक्दछ ।

पहिलो पशुपंक्षी बध गर्ने स्थल र शैलि, मासु ओसार पसार गर्ने तरिका र मासु भण्डारण गर्ने तरिका तथा पकाउने तरिका सहि नहुदा मासुको माध्यमबाट हानीकारक जीवाणुहरु शरिर भित्र प्रवेश गरि समस्या उत्पन्न गराउन सक्दछन् । मासु खादा पशुपंक्षीको शरिरमा बढी सक्रिय हुने आखा, मुटु, कलेजो, आन्द्रा भुडी, गिदि आदि खानु हुदैन ।

दोश्रो पकाउने तरिका गलत भएर पनि हानीकारक हुन सक्दछ । जस्तो कि धुवाँमा पोलिएको मासु सेकुवाको रुपमा खादा त्यसमा भएको बेन्जो ए पाइरिनजस्ता रसायनले क्यान्सर निम्त्याउन सक्दछन । बोटुलिनम नामक ब्याक्टेरियाले संक्रमण गरेको मासुमा हुने विषका कारण स्नायु प्रणालीमा असर परि ज्यान जान सक्दछ । धेरै मसला हालि पकाएको मासुले शरिरलाई असर गर्दछ ।

तेश्रो खाने मात्रा र आफ्नो शरिरको अवस्था विचार नगरी खादा मासु हानीकारक मात्र हैन ज्यानै दिने कारक पनि बन्न सक्दछ । जस्तो कि अधिक मासु उपभोगले स्वस्थ मानिस कै शरिरमा पनि कोलेष्टेरोल, टिजि युरिक एसिड बढाइदिन्छ । केहि रोग लागेकाहरुका लागि त मासु अभिशाप नै बन्दछ । युरिक एसिड भएकाहरुका लागि रातो मासु धेरै खतरनाक हुन्छ । रगतमा चिल्लोपदार्थ बढेका दीर्घ रोगिहरुका लागि पनि मासु खानु हानीकारक हुन्छ ।

मासुका लागि बध गरिने पशुपंक्षीका बारेमा विचार पु¥याउनु पर्ने कुराहरु

मासुको स्वच्छता कायम गर्नका लागि मासुका लागि बध गरिने पशुपंक्षीको स्वास्थ्य कस्तो छ, काट्नु अगाडी कुन अवस्थामा छ, काट्ने ठाउ तथा हतियार कतिको सफा छ, काटेको मासु राख्ने ठाउ कतिको उपयुक्त छ भन्ने विषयमा विशेष ध्यान दिनु पर्दछ । कुनै रोग लागेको पशुपंक्षी मासुको रुपमा उपभोग गर्दा त्यसमा रहेका रोगका जीवाणुहरु सर्ने सम्भावना धेरै हुन्छ । विशेष गरी रोगि पशुपंक्षीको मासुबाट रोगका किटाणुहरु, एन्टिबायोटिक तथा हर्मोन अवशेष बढी भएको मासुबाट ती रसायनहरु, फोहोर तथा बासि मासुबाट रोग लगाउने हानीकारक जीवाणुहरु हाम्रो शरिरमा प्रवेश गर्न सक्छन । मासु यस्ता जुनोटिक रोगहरु सार्ने एक प्रमुख माध्यम हुनसक्छ । मासुबाट सर्नसक्ने प्रमुख जुनोटिक रोगहरु यस प्रकार छनः

  • क्षयरोग
  • पट्के
  • साल्मोनेलोसिस
  • बंगुर र भैसीका फित्ते जुका
  • विभिन्न जीवाणुका सिष्ट
  • ट्राइकोनोसिस
  • टक्सोल्पास्मोसिस

यस्ता जीवाणुको प्रवेशले झाडा पखाला लाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता सामान्य देखि ज्यानै जान सक्ने खतरनाक लक्षणहरु देखिन्छन् । एन्टिबायोटिक बढी भएको मासुको उपभोगले शरिरमा औषधिको प्रभावकारीता घटाइ सामान्य संक्रमणका कारण पनि जटिल समस्या भोग्नु पर्ने वा ज्यानै जान सक्ने पनि हुन्छ । पशुपंक्षीको रौ फाल्न मटितेल खन्याएर जलाउने गरेको पाइन्छ । अखाद्य मटितेल मासुमा खन्याउनु कति खतरनाक हो सहजै अनुमान लगाउन सकिन्छ ।

पशु रोगि भए नभएको कसरी थाहा पाउने ?

मासुका लागि बध गरिने पशुपंक्षीको स्वास्थ्य कस्तो छ, काट्नु अगाडी कुन अवस्थामा छ भन्ने विचार पु¥याउनै पर्दछ । विशेष गरि पशु असामान्य रुपमा सास फेरिरहेको, रौ फुलाएर जिंिरंग भएको छ भने जीवाणुको संक्रमण भएको हुन सक्दछ । शरिरका जोर्नीहरू बढेका, सुन्निएका, पेट र कल्चौँडो सुन्निएका, बङ्गारा सुन्निएका पशु अस्वस्थ हुन्छन् । केही रोग लागेका कारण पशुहरूले प्रायः टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी धुम्ने जस्ता व्यवहार देखाउँछन । लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवस्थामा देखिने, आँखा निन्द्रा लागेजस्तो पशुपन्छी र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा बस्न नसक्ने पशुपन्छी रोगी हुन सक्दछन् । नाक, कान, गुद्वार वा योनीबाट लगातार फोहोरहरू निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्य रूपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाका भागहरू बढेका पशुहरू मानव स्वास्थ्यका लागि हानीकारक हुन सक्दछन् । पशुको शरिरमा कहि कतै घाउ, चोटपटक लागेको छ, रगत बगेको छ भने पनि निको नहुन्जेल मासुका लागि उपयुक्त मानिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त...

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि कार्यालयमा दुई जना मात्रै कर्मचारी

तनहुँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। कार्यालयलाई तनहुँको...

उपत्यकामा कुन मासुको मूल्य कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि खसी, कुखुरा, राँगा र बंगुरको तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ...

मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै...

अन्य सम्बन्धित