विश्व मुटु दिवसः मुटु स्वस्थ राख्न खानपानमा ध्यान दिऔ

आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाइदै आएको छ । पछिल्ला तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ । नेपालमा पनि मुटु रोगको समस्या बढ्दो छ । मुटु रोगको मुख्य कारण खानपान र जीवनशैली हो ।

मुटु हाम्रो शरीरको एकदमै महत्त्वपूर्ण अङ्ग हो । मुटु बिना जीवनको अस्तित्व सम्भव छैन किनभने मुटु ४ मिनेट मात्रै बन्द हुने हो भने हाम्रो जीवन सम्भव हुन्न । मुटुले हाम्रो शरीरमा रक्तसञ्चार गर्ने काम गर्छ । मुटु जीवन रहुन्जेल कहिल्यै पनि नरोकिने अङ्ग हो ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसंख्याको २० प्रतिशतलाई मुटुरोग भएको अनुमान छ । करिब ३० प्रतिशत वयस्क उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । २० प्रतिशतलाई कोलेस्टेरोल छ । ६ प्रतिशतलाई मधुमेह छ । प्रतिष्ठानका अनुसार बालबालिकामा बाथ मुटुको रोग बढ्दो छ । नेपालका ९० प्रतिशत मानिसले मुटुमैत्री खाना नखाने गरेको पाइएको छ ।

मुटुमा लाग्ने विभिन्न रोगहरुलाई जन्मजात मुटु रोग र जीवन जिउँदै जाँदो वयस्क उमेरमा हुने मुटुरोग गरी दुई भागमा बाढ्न सकिन्छ । खासगरी पछिल्लो समय मुटुरोगका बिरामी बढ्नुको कारण हाम्रो जीवनशैलीमा आएको परिवर्तन । शारीरिक व्यायामको कमी, खानपानमा आएको परिवर्तन, अत्यधिक धूमपान, मध्यपान, यहाँको पोलुसन, तनावपूर्ण जीवन यी सबै कारणले गर्दा बढेको अनुमान गर्न सकिन्छ ।

मुटुरोगका खास लक्षणहरू

  • छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने
  • धेरै पसिना आउने
  • सास फेर्न कठिनाइ हुने
  • वाकवाक लागिरहने
  • बोल्दा कठिनाइ हुने, जिब्रो लर्बरिने
  • शरीरको कुनै अंगले काम गर्न छाड्ने
  • हात झमझमाउने तथा चेतनाविहीन बन्ने
  • खुट्टा सुनिने
  • रिंगटा लाग्ने
  • आलस्य भई कमजोरी हुने
  • कुनै काम नगरेको अवस्थामा पनि स्वाँ स्वाँ हुने
  • पिसाब कम हुने

बच्ने उपाय

मुटु स्वस्थ राख्न स्वस्थ खानपान र सक्रिय जीवनशैली नै मुख्य उपाय हुन । आंशिक शाकाहारी, कम कार्बोहाइड्रेट र बढी फाइवरयुक्त आहार, धूमपान त्याग, योगासन, ध्यान, तनावमुक्ति, सकारात्मक चिन्तन र मायाप्रेम नै मुटुरोगबाट बच्ने प्रमुख उपाय भएको विशेषज्ञहरुको सुझाव छ ।

  • मुटु स्वस्थ राख्न खानपान र जीवनशैलीमा ख्याल गर्नु पर्दछ । दिनमा आधा घण्टा भए पनि पसिना आउनेगरी कुनै न कुनै शारीरिक व्यायम गर्नु पर्दछ ।
  • खानपानमा विशेष ख्याल गर्ने । धेरै नुन, चिनी, चिल्लो खानेकुराहरु नखाने ।
  • दैनिक कम्तिमा ४०० ग्राम फलफुल र सागपात खाने ।
  • चिल्लो कम भएको खाना खाने, घ्यू, चिज, पनिर, बटर लगायत तेलजन्य खानेकुरा कम मात्र खाने ।
  • रातो मासु नखाने, ठिक्क मात्रामा सेतो मासु खाने तर बोसो भएको मासु कम मात्र खाने ।
  • माछामा पाइने बोसोले मुटुलाई फाइदा गर्ने भएकाले मासुभन्दा माछा खानु राम्रो मानिन्छ ।
  • शरीरको तौललाई सधै नियन्त्रणमा राख्नुपर्यो । धेरै मोटो मान्छेलाई मुटुसम्बन्धी रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।
  • ३५ वर्षभन्दा माथिका नागरिकले सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्नुपर्छ ।
  • सधै चिन्ता, तनावबाट मुक्त रहनु पर्दछ ।
  • धूम्रपान र मध्यपानबाट सधै टाढा रहने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त...

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि कार्यालयमा दुई जना मात्रै कर्मचारी

तनहुँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। कार्यालयलाई तनहुँको...

उपत्यकामा कुन मासुको मूल्य कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि खसी, कुखुरा, राँगा र बंगुरको तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ...

मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै...

अन्य सम्बन्धित