अनारले बढाउछ प्रजनन् क्षमता

हलिउड सेलिब्रेटिमाझ अत्यन्त लोकप्रिय अनार फाइदाकर फल हो । अनारमा लाभदायक प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रों शरीरलाई करिब ६५ किलोक्यालोरी ऊर्जा प्राप्त हुन्छ । अनारको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत प्रयोग गरिन्छ ।

अनारमा गरिएको अध्ययनअनुसार, यो रक्तसञ्चारसँग सम्बन्धित रोगसँग जुध्छ । अनारले उच्च रक्तचाप घटाउँछ । सुन्निएको वा डढेकोमा राहत पुर्‍याउँछ । गठिया तथा बात रोगको सम्भावना घटाउँछ । यस्तै यसले जोर्नीको दुखाइमा समेत राहत पुर्‍याउँछ । क्यान्सर रोकथाममा समेत अनार सहयोगी मानिन्छ ।

अनारबारे दुई सयभन्दा बढी अध्ययन अनुसन्धानसमेत भएका छन् । इजरायलको हाइफा विश्वविद्यालयका प्रा। एफ्राइम लास्कीले अनारमा पाइने उपयोगी तत्त्व शरीरको रोगप्रतिरोधी प्रणालीको रक्षा गर्ने कुरा प्रमाणित गरेका छन् । उक्त अध्ययनअनुसार अनारमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्ट अर्थात् अक्सीकरण रोधक पदार्थले रुघाखोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने गरी आराम पुर्‍याउँछ । अनारले छाला, स्तन, प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूको पत्रिकाले हालै अनारको रस खाँदा वृद्घावस्थामा हुने रोग अल्झाइमरको सम्भावनामा समेत कमी ल्याउने कुरा उल्लेख गरेको छ ।

अनारमा भएको अत्यधिक मात्रामा अक्सीकरण रोधक पदार्थले गर्दा स्वास्थ्यवर्धक गुण पाइन्छ । एन्टिअक्सिडेन्ट यस्तो यौगिकलाई भन्छौं जो शरीरमा ‘मेटाबोलिज्म’ क्रियाको समय उत्पन्न हुने तथाकथित ‘फ्रि–र्‍याडिकल्स’ लाई बाँधेर अगाडिको रासायनिक क्रियालाई रोक्छ ।

वैज्ञानिकहरूले पत्ता लगाएअनुसार, अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोनजस्तो एन्टिअक्सिडेन्ट हुन्छ जो फ्रि–र्‍याडिकल्सलाई बाँध्ने काम गर्छ । प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घटेको पाइयो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म घट्नुका साथै हृदय नजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाह तीन महिनामै १७ प्रतिशतसम्म सुधार भएको देखियो ।

अन्य अध्ययनहरूमा यसले छाती, फोक्सो, छाला, आन्द्रा र प्रोस्टेट क्यान्सर बढ्ने गतिलाई मत्थर पारेको समेत देखिएको छ । फ्रि–र्‍याडिकल्सलाई बाँधेर निष्क्रिय बनाउने अनारको क्षमताका कारण शरीरको बूढो हुने गतिसमेत मत्थर हुन्छ र रजोनिवृत्तिको समय महिलामा हुने समस्या कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त...

पाँच जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि कार्यालयमा दुई जना मात्रै कर्मचारी

तनहुँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्‍यो। कार्यालयलाई तनहुँको...

उपत्यकामा कुन मासुको मूल्य कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि खसी, कुखुरा, राँगा र बंगुरको तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ...

मासु बारे थाहा पाउनै पर्ने कुराहरु

दशै, तिहारजस्ता चाड नेपालमा मासुको अत्याधिक खपत हुने समय हो । खसि, राँगा, भेडा, च्यांग्रादेखि सुंगुरसम्मको बध गरी दशै...

अन्य सम्बन्धित