पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । सुआहारा दोस्रो कार्यक्रमको आयोजनामा भाद्र २७ र २८ गते तानसेनमा भएको कार्यक्रममा पाल्पाका विभिन्न स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुख तथा कृषि कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेका बहु क्षेत्रिय पोषण योजना दोस्रो तथा २० बर्षे कृषि बिकास रणनिति, खाद्य तथा पोषण सुरक्षा योजना लगायतका नीतिगत दस्तावेजमा उल्लेखित पोषण र खाद्य सुरक्षा लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रको भुमिका र दायित्व बारे छलफल र समिक्षा गर्र्न २ दिने कार्यक्रम आयोजना गरिएको सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत विनोद पोख्रेलले बताउनु भयो । पोख्रेलका अनुसार कार्यक्रममा पोषण र खाद्य सुरक्षाका लागि पोषण संवेदनशील कृषि प्रणाली बारे साझा बुझाइ र कार्यन्वयन अवधारणाको बिकास गर्ने बारेमा समिक्षा भएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा प्रमुख डा.चन्द्र राना, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्याल, सुआहाराका कृषि अधिकृत अर्जुन सुवेदी, बेस नेपालका फिल्ड संयोजक दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोना माहमारीपछि कोदो खेतीमा वृद्धि

स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।...

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न...

तोरी खायो मौरीले बोलको गीत सच्याउन माग

काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल...

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन...

अन्य सम्बन्धित