अस्पतालमा डाइटिसियनको आवश्यकता किन ?

– सुविम बिक्रम ढकाल 

आधुुनिक विज्ञान र चिकित्सा प्रणालीले पोषणलाई मानव स्वास्थ्यको अभिन्न अंगका रुपमा स्थापित गरेसँगै संसारभर अस्पतालहरुमा डाइटिसियन तथा पोषणविद्को सेवासहितको स्वास्थ्य संस्था सञ्चालन प्रणाली निक्कै नै प्रभावकारी बन्दै गइरहेको छ । यसले बिरामीको निको हुने समय र दरमा गुुणात्मक सुुधार तथा स्वास्थ्य सेवाको गुुणस्तरमा उत्कृष्टता ल्याएको देखिन्छ । जसका कारण नेपालमा पनि पछिल्लो समय खास गरी निजि अस्पतालहरुमा डाइटिसियनको माग बढ्दो छ । तर सरकारी अस्पतालमा भने अझै नगन्य मात्र दरबन्दी छ र भएको दरबन्दी पनि पुर्ती भएको देखिदैन ।

को हुन् त डाइटिसियन ?
सरल भाषामा भन्दा डाइटिसियन भनेका पोषण तथा पोषक तत्वका विज्ञ हुन । सर्वसाधारणले डाइटिसियनलाई खानाका डाक्टर पनि भन्ने गरेको सुनिन्छ । हामीले खाने खाना, त्यसबाट पाईने पोषक तत्व र त्यसले मानव स्वास्थ्यमा पर्ने प्रत्यक्ष प्रभाव र अन्तरसम्बन्धबारे बैज्ञानिक अध्ययन गरेका व्यक्ति डाइटिसियन हुन जसले विभिन्न उमेर समुुह, शारीरिक अवस्था, रोग अनुुसार व्यक्तिहरुको पोषण स्तरको लेखाजोखा गरी डाइटसम्बद्ध समस्याको उचित उपचार र परामर्श दिने गर्दछन् ।

डाइटिसियनको रोग लाग्नै नदिन, रोगप्रतिरोधात्मक क्षमता उच्च बनाई राख्नदेखि कुुपोषण व्यबस्थापन गर्न एवम् विविध रोगहरुबाट बिरामीलाई तीव्र र सहजै निको पार्नमा मुुख्य भूूमिका रहन्छ । डाइटिसियन तथा पोषणविद्हरुले स्नातक÷स्नातकोत्तर वा सोभन्दा माथि मानव पोषण विज्ञान तथा आहार विज्ञान बिषयमा औपचारिक अध्ययन, अनुुसन्धान गरी विज्ञता हाँसिल गरेका हुुन्छन् । अर्थात डाइटिसियन भनेको विज्ञानमा आधारित शिक्षा हासिल गरेका दक्ष जनशक्तिहरु हुन् ।

डाइटिसियन/पोषणविद्को महत्व किन छ ?
नेपालजस्तो विकाशोन्मुुख देशमा पुुड्कोपन, ख्याउटेपन, सुुक्ष्म पोषक तत्वको कमिजस्ता कुुपोषणका समस्या त थिए नै हाल आधुुनिक समस्याका रुपमा अधिक पोषणका कारण हुने मोटोपना, उच्च रक्तचाप, मुुटुु, कलेजो, मिर्गौला, श्वासप्रश्वास, पाचनप्रणालीसम्बन्धी रोग, क्यान्सर लगायतका बिरामीको संख्या पनि दिनप्रतिदिन उकालो लागिरहेको छ ।

२०१९ मा गरिएको नसर्ने रोगसम्बन्धी एक सर्भेक्षणका अनुुसार नेपालको २४.५ % जनसंख्यामा उच्च रक्तचाप, ११ % वयस्कमा उच्च कोलेस्ट्रोल रहेको पाईएको छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनका अनुुसार ९.१% मा मधुुमेह रहेको देखिन्छ । ग्लोबल बर्डेन अफ डिजिज डाटा, २०१७ ले विश्वमा २६.९% मानिसहरुको मृत्युु मुुटुु रोगका कारण भैरहेको देखाएको छ । नेपालको शहरी भेगमा दीर्घ मृगौला रोगको दर १०.६% छ । एक प्रतिवेदनका अनुुसार प्रतिबर्ष संसारभर प्रति १ लाख जनसंख्या मध्ये १०४ जनालाई क्यान्सर हुुने गरेको र ७८ जनाकोे त्यसैका कारण मृत्युु हुुने गरेको देखिन्छ ।

विभिन्न अनुुसन्धानबाट प्राप्त तथ्याङ्क र यसका कारणहरुलाई अध्ययन गर्दा असन्तुुलित खानपान र जीवनशैली नसर्ने रोगका कारक हुन । खास गरी उच्च प्रशोधित जंक फुुड, उच्च सोडियम, अधिक चिल्लोको सेवन, बोक्रा सहितको अन्नको सट्टामा पोलिस गरिएको अन्न तथा रिफाइन पिठोको प्रयोग, खानामा फलफूूल, तरकारी तथा रेसादार खानेकुुराको कमी, खाध्य स्वच्छतामा कमी, स्वस्थकर पकाउने र भण्डारण गर्ने ज्ञानको कमी, शारीरिक क्रियाकलापमा कमी आउनुु, मध्यपान, धुुम्रपान तथा पोषण शिक्षाको कमीका कारण नसर्ने रोगहरु लागिरहेका छन ।

राष्ट्रिय योजना आयोगको मागका आधारमा त्रिभुवन विश्व विद्यालय, केन्द्रिय प्रविधि क्याम्पसबाट उत्पादन सुुरु गरेको पोषणका जनशक्ति हाल र्पूूवाञ्चल विश्वविद्यालय तथा अन्य ठुुला विदेशी विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका गरी पोषणका सयौ विज्ञ जनशक्ति नेपाल मै तयार भईसकेका छन् । सरकार तवरबाट त्यस्ता जनशक्तिको उचित व्यवस्थापन भने हुन सकेको छैन । खानपान र जीवनशैली नै जनस्वास्थ्यको प्रमुख समस्या भइरहेको वर्तमान परिप्रेक्ष्यमा तत्काल अस्पतालहरुमा मपदण्डअनुसारका डाइटिसियन पदपुर्ती गर्न अन्त्यन्तै जरुरी छ ।

अस्पतालमा डाइटिसियनहरुले प्रदान गर्ने सेवाहरु :

  • अन्तरंग सेवा : यसअन्र्तगत डाइटिसियनले अस्पतालमा भर्ना भएका बिरामीको खानाप्रतिको एलर्जी, ईन्टोलोरेन्स, बायोकेमिकल सुुचक, रोगको जटिलता अध्ययन गरी सोही अनुुरुपको खाना सिफारिस तथा अनुगमन गर्दछन् । आइसियु, विभिन्न मेजर तथा माइनर सर्जरीजस्ता अवस्थामा उपयुुक्त घनत्व, बाक्लोपनाको खानाको योजना बनाइ आवश्यकताअनुुसार इन्टेरल तथा प्यारेन्टेरल फिडिङ प्रयोग गरिन्छ जसका लागि विज्ञ जनशक्ति अपरिहार्य छ ।
  • बहिरंग सेवा : बिरामी वा सेवाग्राहीको एन्थ्रोपोमेट्री, बायोकेमिकल सुुचक, क्लिनिकल लक्षण, आहार मुुल्याङ्कन मार्फत डाइटसम्बद्व समस्या पहिचान र समाधान गरिन्छ । सामान्य मानिसलाई पनि उमेर, लिङ्ग, पेशा, शारीरिक अवस्था, शारीरिक क्रियाकलाप अनुुरुप आवश्यक क्यालोरी र अन्य तत्वको लेखाजोखा गरी उपयुुक्त खानपानको सुझाव दिनु पर्दछ ।
  • क्याटरिङ सेवा : अस्पतालमा क्लिनिकल न्युुट्रिसनिस्टको सिफारिसमा रोगअनुुसार निश्चित तत्व निषेध वा अत्यावश्यक तत्वको आपूूर्ति उच्च हुुने गरी आहार परिमार्जन गरी खाना तयार र सम्बन्धित बिरामीको वार्डमा पठाउने काम गर्दछ ।
  • यसका साथै सम्मेलन, समारोह हुुँदा सम्पूूर्ण खानपान व्यवस्थापनको प्राविधिक जिम्मेवारी डाइटिसियनले लिन सक्दछन् ।
  • डाइटिसियनहरुले खानपान र मधुुमेह, क्यान्सर, मुुटुु, कलेजो, मिर्गौला, श्वासप्रश्वास, पाचनप्रणालीसम्बन्धी रोग, आइसियु, सिसियु, प्रि तथा पोस्ट अपरेटिभ डाइट लगायत बिषयमा अनुसन्धान तथा अस्पतालहरुमा अन्य स्वास्थ्यकर्मीको क्षमता विकास गर्न सक्दछन ।
  • मेडिकल, नर्सिङ वा स्वास्थ्यसम्बन्धी कलेजहरुमा पोषणसम्बन्धी बिषयमा गुुणस्तरीय शिक्षा प्रदान गर्न सक्दछन् ।
  • पोषण पुुर्नस्थापना गृह, आर्मी, प्रहरी, खेलकुुद क्षेत्र, जिम, फिटनेस लगायतका क्षेत्रमा पनि डाइटिसियनको भूुमिका उच्च रहेको छ ।

डाइटिसियन राख्दा अस्पताललाई के फाइदा हुन्छ ?

  • डाइटिसियनको सेवासहितको स्वास्थ्य संस्था सञ्चालन प्रणालीले बिरामीे निको हुुने दरमा गुुणात्मक वृद्धि, अस्पताल बसाइँ र उपचार अवधि छोट्याउने, अस्पतालको नतिजामा सुुधार र गुुणस्तरमा उत्कृष्टता ल्याउछ । जसले सेवाग्राहीको आर्कषणलाई बढाउने गर्दछ ।
  • आर्थिक लाभ :
    • अन्तरंग तथा बहिरंग सेवा अस्पताल प्रशासनको एक प्रमुुख आर्थिक स्रोतका रुपमा लिन सकिन्छ ।
    • क्याटरिङ सेवामार्फत डाइटिसियनको निगिरानीमा बिरामीलाई अस्पतालको आफ्नै क्यान्टिनबाट खाना डेलिभर हुुने हुुँदा यो पनि आम्दानीको अर्को स्रोत हुन सक्दछ ।
    • स्नातक तथा स्नातकोत्तरका विद्यार्थीलाई इन्टर्न गराउँदा सेवा शुुल्क प्राप्त हुनुका साथै त्यस अवधिभर विभागको कार्यक्षमता र उत्पादकत्व वृद्धि हुन गई सेवा अझ प्रभावकारी हुने गर्दछ ।
    • प्रिमियम तालिम, गोष्ठी, सम्मेलनको नियमित आयोजनाले पनि राम्रो अर्थोर्पाजन गर्नुुका साथै अस्पतालले ख्याती बढ्दछ ।
    •  क्लिनिकल न्युुट्रिसन तथा डाईटेटिक्स सेवालाई समावेश गरी विभिन्न वेलनेस प्याकेज ल्याउन सकिन्छ ।
  • अस्पतालको आफ्नै प्रयोगशालामा विभिन्न किसिमका अनुुसन्धान सञ्चालन गर्ने तथा नोबल फुुड, थेराप्युुटिक फुुड, सप्लिमेन्टरी फुुड, प्रोटोटाइपिक फुुड तयार गर्न सकिन्छ ।
  • सम्बन्धित बिषय विज्ञबाट गुुणस्तरीय शिक्षा प्रदान गरिने हुुँदा कलेजहरुमा विद्यार्थीको आर्कषण बढ्दछ ।
  • गुणस्तररिय सेवामार्फत स्वास्थ्य संस्थाको स्वदेश तथा विदेशमा उल्लेख्य प्रचारप्रसार र बिशेषज्ञता वृद्धि हुन्छ । त्यसमा पनि स्वास्थ्य विमा, अन्य ठूूला रोगको उपचारमा सरकारी सुुविधा प्रदान गर्ने अस्पतालमा डाइटिसियन तथा पोषणविद्को सेवा प्रयोग गर्ने बिरामीको चाप हुुने गरेको पाइन्छ ।

मृत्युुको मूल कारण बनेको नसर्ने रोगहरुबाट बच्न समग्र आहार तथा पोषण व्यवहारमा नै परिवर्तन आउन जरुरी छ र यस्ता रोगको व्यबस्थापनमा पोषणको भूमिका अहम् रहेको तथ्य आधुुनिक चिकित्सा विज्ञान प्रमाणित गरिसकेको छ ।

नेपालमा नियमनकारी स्पष्ट ऐन नबनेको र जारी भएका सरकारी नियम, नियमावली, मापदण्डहरु पूर्ण रुपले कार्यान्वयन भएका छैनन् । उचित पारिश्रमिक नदिनुु, शैया क्षमताभन्दा ज्यादै कम डाइटिसियन राख्नु, अन्य विभागहरु समन्वयकारी नहुुनुु लगायत नेपालमा डाइसिसियनले भोगिरहेका समस्याहरु हुन ।

स्वास्थ्य नियमावलीमा डाइटिसियन र पोषणविद गरी ५ औँ देखि १२ औँ तहसम्म व्यबस्था स्पष्ट छ । त्यस्तै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ मा जनरल २५ शैयामाथिको अस्पतालमा १ जना डाइटिसियन , बिशेषज्ञ अस्पतालमा १ जना, बिशिष्टिकृत अस्पतालमा १ जना, १०० देखि ३०० शैयाको जनरल अस्पतालमा सिनियर सहित २ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालमा २ जना अनिवार्य राख्नुपर्ने व्यबस्था स्पष्ट छ । तर यी व्यवस्थाहरु कार्यन्वयन भएका छैनन् ।

दर्ता गर्ने काउन्सिलको व्यबस्था नहुँदा जसले पनि आफुलाई डाइटिसियन दाबि गर्ने र दक्ष जनशक्तिको हातमा लाइसेन्स नहुने समस्या देखिएको छ । अर्काेतिर उपभोक्ताको गुुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक कुुण्ठित भइरहेको छ । काउन्सिलको व्यवस्थादेखि मापदण्ड कार्यान्वयन गरी सेवाग्राहीलाई गुुणस्तरीय स्वास्थ्य तथा पोषण सेवा प्रदान गर्न नेपाल सरकार, लोकसेवा आयोग, त्रि.वि, चिकित्सा शिक्षा आयोग, प्रदेश तथा स्थानिय तह एवम् स्वास्थ्य संस्थाले समन्वयात्मक भूमिका निर्वाह गर्न जरुरी छ ।

(लेखक केन्द्रिय प्रविधि क्याम्पस, हात्तिसारमा बिएस्सि न्युट्रिसन एण्ड डाइटेटिक्स चौथो बर्षमा अध्ययनरत विद्यार्थी हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोना माहमारीपछि कोदो खेतीमा वृद्धि

स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।...

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न...

तोरी खायो मौरीले बोलको गीत सच्याउन माग

काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल...

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन...

अन्य सम्बन्धित