कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।

  • शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने ।
  • आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने ।
  • आमाले खोक्दा वा हाच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने ।
  • यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने ।
  • संक्रमित आमाको सम्पर्कमा आएको भुईं, सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने ।
  • चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोना माहमारीपछि कोदो खेतीमा वृद्धि

स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।...

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न...

तोरी खायो मौरीले बोलको गीत सच्याउन माग

काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल...

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन...

अन्य सम्बन्धित