•  
  • 170
  •  
    170
    Shares

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

  •  
  • 170
  •  
    170
    Shares

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै आमा बाबु, घरपरिवार र हेरालुले विशेष ध्यान दिनु पर्ने हुन्छ । यो अवस्थामा अनावश्यक आत्तिने, डराउने वा त्रसित हुने नभई संयम भएर बालबालिकाको आवश्यक पोषण तथा स्वास्थ्यमा ध्यान दिनु पर्दछ । पोषण सुरक्षा भन्नाले बालबालिकाको लागि दैनिक आवश्यक सबै प्रकारका पोषक तत्वको परिपुर्ति हुनेगरि खाना साथै स्तनपान गराईएको सुनिश्चितता गर्ने र स्वास्थ्य सुरक्षा भनेको हालको अवस्थामा स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित भएको सुनिश्चित गरेको अवस्था हो ।
कोभिड १९ मा बालबालिकाहरुको पोषण
कोभिड १९ रोग एक प्रकारको संक्रामक भाईरसको कारण लाग्ने रोग भएकोले स्वास्थ्यका मापदण्डहरु जस्तैः मास्कको उचित प्रयोग गर्नु, एकअर्कामा कम्तिमा २ मिटरको दुरि कायम गर्नु, अनावश्यक रुपमा घर बाहिर ननिस्कने, साबुन पानीले मिचिमिचि हात धुने र सानिटाईजरको प्रयोग गर्नु नै यसबाट बच्ने उपाय हुन । खासगरी सावधानी नअपनाउँदा ५ बर्ष मुनिका बालबालिकाहरुलाई सानिटाईजरको प्रयोग गर्नु जोखिम हुने हँुदा साबुन पानीको प्रयोग नै सुरक्षित हुन्छ र अल्कोहल मिश्रित स्यानिटाईजरहरु साना बालबालिकाको पहुँचबाट टाढा राख्नु पर्दछ । बालबालिकाहरुलाई जथाभावी बाहीर छोड्नुहुँदैन र उनिहरुसंग सुरक्षित ब्यवहार गर्नुपर्दछ ।यदि बालबालिकामा संक्रमण पुष्टि भएमा सबै उमेर समुहका बालबालिकाहरुको पोषण, स्वास्थ्य, उपचार र उचित स्याहार ब्यबस्थापन चुनौतीपुर्ण हुने हुँदा बिशेष ख्याल गनुपर्ने हुन्छ । नवजात शिशुको आमा संक्रमित भएमा र स्तनपान गराउन नसक्ने अवस्था आएमा शिशुको पोषण सुरक्षा झनै चुनौतिपुर्ण हुनसक्छ ।
स्तनपान गराईरहेकी महिला संक्रमित भएमा (० देखि ६ महिना सम्मका बालबालिकाहरु) आमाले सुरक्षित तरिकाले स्तनपान गराउन सक्छिन । त्यसको लागि २४ घण्टामा औसत १० पटक र एकपटक स्तनपान गराउँदा कम्तिमा १५ मिनेट समय दिएर स्तनपान गराउनुपर्दछ । यदि आमाले नै स्तनपान गराउन सक्ने अवस्था छ भने सुरक्षा र सावधानी अपनाएर स्तनपान गराउन सक्छिन् र यो उमेर समुहमा ध्यान दिनुपर्ने कुरा भनेको बच्चालाई पटक पटक आमाको दुध मात्र खुवाउने गर्नुपर्दछ, पानी पनि खुवाउनु हुँदैन ।
स्तनपान गराउनु अघि साबुनपानीले बेस्सरी मिचिमिचि हात धुने र स्यानिटाईजर प्रयोग गरि हातलाई सुक्खा हुन दिने त्यस पश्चात आमाले सहि तरिकाले मास्क लागाउने र बच्चालाई सहि आसनमा लिइ सहि सम्पर्कमा स्तनपान गराउने । यदि महिला पहिलो बच्चाकी आमा भएमा सहि आसन र सम्पर्कको सुनिश्चितताको लागि स्वास्थ्यकर्मी वा महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको वा सहयोगीको सहयोग लिन सक्छिन् । यसरी अरु ब्यक्तिको सहयोग लिदा स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गनु पर्दछ । यदि आमा स्तनपान गराउन सक्षम छैनन् वा गम्भीर खालका लक्षण छन् भने स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सहयोगीको सहायताले सफा कचौरामा दुध निचोरेर शिशुलाई पटक पटक खुवाउन सकिन्छ । यसरी निचोरेर संकलन गरिएको दुध सुरक्षित भण्डारण गरियो भने २४ घण्टा सम्म बच्चालाई खुवाउन सकिन्छ । उक्त दुध बच्चालाई खुवाउँदा बोत्तल वा अन्य रबरका कन्टेनर, निप्पलहरु कुनै हालतमा प्रयोग गर्नुहुदैन ।
स्तनपान गराईरहेकी आमाले आफ्नो पोषणलाई पनि संवेदनशिल भएर सोच्नुपर्दछ र पोषिलो खाना जस्तैः खानामा नियमित माछा मासु, दुध, अण्डा, हरिया सागपात, फलफुल समाबेश गर्नु पर्दछ । साधारणतया स्तनपान गराईरहेकी आमाले दिनमा थप दुईपटक खाना खानुपर्दछ । शिशुलाई आमाको दुध प्रतिस्थापन गर्ने खालका कुनैपनि उत्पादनको प्रयोग गर्ने वा खुवाउने कार्य गर्नुहुदैन । यदि यस्ताखालका गतिविधि गर्न प्रोत्साहन कतै भईरहेका छन् भने तुरुन्त नजिकको स्वास्थ्य कार्यलयमा खवर गनुपर्दछ ।
बच्चा ६ महिना पुगेपछि स्तनपानको साथै थप पोषिलो खाना खुवाउन सुरु गर्नु पर्दछ । आमा संक्रमित भएमा माथि जस्तै सावधानीका ब्यबहार अपनाउने र स्तनपानलाई पनि निरन्तरता दिने गर्नुपर्दछ । बच्चाको उमेर अनुसार खानाको प्रकार, मात्रा, पटक र सरसफाईलाई उत्तिकै महत्व दिनुपर्दछ । संक्रमणको जोखिममा वा आमा संक्रमित भएमा बालबालिकाहरुलाई खाना र स्तनपानमा अरुबेला जस्तो ध्यान दिन सकिएन भने बच्चा कुपोषित हुने र संक्रमणको जोखिम झनै बढ्ने हुन्छ । तसर्थ बच्चा ६ महिना पुग्ने बित्तिकै स्तनपानको साथै पोषिलो थप खानाले कुपोषण हुनबाट बचाउँछ ।
बच्चालाई पोषिलो लिटो, पोषिलो जाउलो, फर्सि वा गाजरको खिर, फलफुलको रस, फलफुल, अण्डा, माछा, मासु, दुध र आवश्यकता अनुसार पानी खुवाउने गर्नुपर्दछ । ६ देखि ९ महिना सम्मका बालबालिकालाई एक चिया गिलास (१२५ मि.लि) बराबर लिटो (दुई भाग अन्न र एक भाग गेडागुडी) दिनमा ३ पटक र स्तनपान नियमित गर्नुपर्दछ ।
९ महिना देखि १२ महिना भित्रका बच्चालाई एक चिया गिलास बराबर लिटो र जाउलो (जाउलामा अनिवार्य कम्तिमा चार प्रकारका खानेकुरा जस्तै अन्न, गेडागुडी, माछा मासु र हरिया सागपात समावेस गर्ने र नरम बनाउने) दिनमा तिन पटक र एकपटक खाजा (फलफुल वा अण्डा) थप खुवाउनाले बच्चालाई अवस्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।
१२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई उल्लेति मात्राको दोब्बर खुवाउने र थप दुई पटक खाजा पनि खुवाउने जसले गर्दा आवश्यक दैनिक पोषक तत्वको मात्रा पुरा हुन्छ । बच्चालाई थप खाना खुवाउँदा एकैपटक खाएन भनेर आत्तिने गनु हुदैन उल्लेखित मात्रा पटक पटक र थोरै थोरै गरेर पुरा गनुपर्दछ ।
बच्चाको महिनामा कम्तिमा एक पटक नियमित स्वास्थ्य संस्थामा तौल अनुगमन गर्न लग्नुपर्दछ जसले गर्दा बच्चाको बृद्धिको अनुपात थाहा हुन्छ र समयमा नै आवश्यक पोषण व्यवहारमा सुधार गर्न सकिन्छ ।
आमा वा बच्चामा कोराना रोगसँग मिल्दाजुल्दा लक्षण देखिएमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । हालको समयमा मानविय सहायता, एकअर्कामा सहयोग, बालबालिकाहरुको उचित खानापान, स्वास्थ्य ब्यवहार र स्याहार अत्यन्तै महत्वपुर्ण हुन्छ जसले संक्रमणको जोखिम, कुपोषणको जोखिम र अन्य रोगको जोखिमलाइ समेत कम गर्दछ ।

-लेखक पोषणविद हुन

  •  
    170
    Shares
  • 170
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
    170
    Shares
  • 170
  •