•  
  •  
  •  

कोभिड १९ संक्रमण भए के खाने, के नखाने ?

  •  
  •  
  •  

कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ । उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथै संक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउदछ । हरेक संक्रमित व्यक्तिहरुको पोषण अवस्था विश्लेषण गरी पोषण अवस्थाको आधारमा उचित आहार तथा पोषण व्यवस्थापनको रणनीति र लक्ष्य तय गर्नु पर्दछ । साधारण खानामा आवश्यकता अनुसार परिमार्जन गरी संक्रमित व्यक्तिको पोषण व्यवस्थापन गर्न सकिन्छ ।

  • खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानु पर्दछ ।
  • प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै शरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खाने ।
  • टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्ने हुनाले टुसा उमारिएको गेडागुडी नियमित खाने ।
  • फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा खाने ।
  • दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने ।
  • कम्तिमा २ लिटर पानी दैनिक पिउने ।
  • बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने ।
  • यस उमेरमा खानामा रुचि कम हुन सक्ने भएकाले पटक पटक (दैनिक ४–६ पटक) थोरै–थोरै मात्रामा खाने ।
  • क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने ।
  • रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ ।
    • भिटामिन ए का स्रोतहरु : मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि ।
    • भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि ।
    •  भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि ।
    • जिङ्का स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासु आदि ।
  • दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने ।
  • धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने ।
  • बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने ।
  • कार्बोनेटेड पेय पदार्थहरु नखाने ।
  • चिल्लो, तारेको खानेकुराहरु नखाने ।
  • धुम्रपान तथा मद्यपान नगर्ने ।

खोकी लागेमा

    • मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ ।

छिट्टै अघाएको महसुस भएमा

    • पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ ।

खान मन नलागे वा भोक कम लागेमा

    • फलफूल प्रसस्त मात्रामा खानु पर्दछ ।
    • पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ ।

तौल घटेमा

    • पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने गर्नु पर्दछ ।
    • पटक पटक थोरै मात्रामा खाना खाने गर्नु पर्दछ ।
    • पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिने खाना खानु पर्दछ ।
    • कम शक्ति दिने खानेकुरा जस्तै पातलो सुप, चिया, जुस धेरै खानु हुँदैन । यस्ता खाने कुराले पेट भर्ने काम गर्दछ तर क्यालोरीको कमी हुन सक्छ ।

सास फेर्न गाह्रो भएमा

    • कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ ।
    • शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लो भएको खाना खानु पर्दछ ।
    • प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ ।
    • पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन ।
    • कुनै कुनै अवस्थामा दैनिक क्यालोरी आवश्यकतामा ५० प्रतिशतले सम्म कम गर्नु पर्ने हुन सक्छ र बिस्तारै खानेकुराको मात्रा बढाउदै जानुपर्दछ जसले गर्दा श्वासप्रश्वासमा सहज हुन्छ ।

शरीर दुखेमा वा थकाई लागेमा

    • खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा समावेश गर्ने ।
    • चिनी वा गुलिया खानेकुरा कम खाने ।
    • मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने ।
    • पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने ।
    • पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने ।
    • शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने ।

धेरै खकार, सिगान आएमा

    • भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने ।
    • मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने ।
    • हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुङगो, च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने ।

वान्ता भएमा

    • थोरै थोरै गरी पटक पटक खाना खाने ।
    • बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने ।
    • धेरै तातो खानेकुरा नखाने ।
    • चिल्लो कम भएका खानेकुरा खाने ।
    • खाना सँगसँगै झोल वा पानी नपिउने ।
    • थोरै पछाडी ढल्किएर (४५ देखि ९० डिग्री कोणमा) बसाएर खाना खाने÷खुवाउने ।
    • बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने÷नखुवाउने ।

रक्तअल्पता देखिएमा

    • आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने ।
    • खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने ।
    • चिया, कफी नखाने ।
    • चिकित्सकको सिफारिसमा मात्र रगत बढाउने औषधि खाने ।

शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा

    • खानामा नुनको मात्रा घटाउनु पर्दछ ।
    • झोलिलो खानेकुरा र पानीको मात्रा घटाउनु पर्दछ ।
    •  प्रसस्त पोटासियम पाउने खानेकुरा खानु पर्दछ । 

ज्वरो आएमा

    • ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ ।
    • फ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ ।
    • बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पुरकको प्रयोग गर्नुपर्दछ ।

कोभिड १९ बाट संक्रमित व्यक्तिहरुमा कोरोना भाइरससँगै अन्य रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मृटु सम्बन्धी रोगहरु पनि भएको हुन सक्दछ । अन्य रोगहरु भएको अवस्थामा ती रोगहरुलाई मध्यनजर गर्दै पोषण व्यवस्थापन गर्न जरुरी हुन्छ ।

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •