•  
  •  
  •  

भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा

  •  
  •  
  •  

कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ ।

विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्यांकहरुमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औंल्याएको हो । उक्त प्रतिवेदन १३२ देशका तथ्यांक मूल्यांकन गरी तयार गरिएको हो ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो । राष्ट्र संघले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो । जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो ।

यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ । दीर्घकालीन भोकमरीको समस्याले विश्वभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिस अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् ।

अहिले विश्वव्यापी भोकमरी सूचांक १८.२ छ । सन् २००० को तुलनामा यसमा सुधार भएपनि अझै धेरै सुधार हुन आवश्यक छ । ५० भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । १४ करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् । सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो ।

नेपालको स्थिति सुधारोन्मुख

विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३ औं स्थानमा परेको छ । सन् २००० मा नेपालको जीएचआई सूचांक ३७.४ थियो, जुन जोखिमपूर्ण मानिन्छ । तर यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ ।

सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला २० वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको संख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ ।

नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने २० वर्षमा खासै सुधार भएको छैन । सन् २०२० को जीएचआईले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो ।

सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ । यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ ।

समग्रमा द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दशौं लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ ।

राष्ट्रसंघले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । यस्तै न्यून र मध्यम आय भएका देशमा ६ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ ।

कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ ।

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •