फिट रहन नियमित योग गर्छन सेलिब्रेटीहरु

तपाईको फिटनेसको राज के हो ? धेरैजसो सेलिब्रेटीहरुलाई सोधिने प्रश्न हो यो । खानपानमा अनुसाशन, नियमित योग, जिम वा शारीरिक सक्रियता सबैजसो सेलिब्रटीले आफु फिट रहन अपनाउने उपायहरु हुन् ।

विशेषगरी बलिउड सेलिब्रेटीहरु नियमित योग र खानपानमा सचेत हुनु नै फिटनेसको शुत्र रहेको बताउने गर्दछन् । शिल्पा सेठ्ठी, कटरीना कैफ देखि दिपिका पादुकोणसम्म योगका पारखिहरु हुन् ।

निकै फिट र सुन्दर मानिने बलिउड अभिनेत्री आलिया भट्ट बलिउडमा आउनु अघि निकै मोटी थिइन। उनको पहिलो फिल्म ‘स्टुडेंट अफ द ईयर’ का लागि १६ किलो तौल घटाएकी थिइन। उनले यो तौल निकै कम समयमा घटाएकी थिइन र त्यसको पछाडीको राज थियो खानपान र योग ।

अहिले आलिया नियमित रुपमा योग गर्छिन। उनकी फिटनेस प्रशिक्षक यास्मीन काराचिवालाले समयसमयमा आलियासँगै साथमा र्वकआउट गरिरहेको भिडियो पनि सेयर गरिरहेकी हुन्छिन्। आलिया पनि आफ्नो इन्स्टाग्राममा आफ्नो एक्सरसाइज र योगा गरिरहेको र स्वस्थ खाना खाइरहेको भिडियो र तस्विर सेयर गरिरहेकी हुन्छिन्।

आलियाको जस्तै नियमित रुटिनमा योग गर्ने बलिउड सेलिब्रेटीहरु धेरै छन् । कलिउडमा पनि पछिल्लो समय सेलिब्रेटीहरु विशेषगरी नायिकाहरुमा योग गर्ने अभ्यास बढ्दै गएको देखिन्छ । कतिपय सेलिब्रेटीहरुले निजी प्रशिक्षक नै राखेर योग र जिम गर्ने गरेका छन् ।

व्यवसायीक योग स्टुडियो सञ्चालन गरिरहेको योगमाण्डु योगा प्रालिका सञ्चालक अर्जुन रखाल पछिल्लो समय योग सिक्न नेपाली फिल्म क्षेत्रका नायक नायिकादेखि मोडलहरु समेत आउने क्रम बढेको बताउछन् । नियमित योगले सेलिब्रेटीहरुलाई फिट र स्वस्थ रहन मात्र हैन मानसिक तनावरहित भएर बाच्न पनि सहयोग पुग्ने योग प्रशिक्षक समेत रहेका रखालको भनाइ छ ।

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरोना माहमारीपछि कोदो खेतीमा वृद्धि

स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।...

पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न

पाल्पा । स्थानीय तहका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी २ दिने तालिम सम्पन्न...

तोरी खायो मौरीले बोलको गीत सच्याउन माग

काठमाडौँ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल...

युनिलिभरलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग

काठमाडौ । उपभोक्ता हित संरक्षण मञ्चले युनिलिभर नेपाल लिमिटेडलाई कारबाही गर्न माग गरेको छ । म्याद नाघेको तथा गुणस्तरहिन...

अन्य सम्बन्धित