•  
  • 1
  •  
    1
    Share

खाद्यवस्तुको गुणस्तर मापनमा ध्यान दिऔँ : मन्त्री अर्याल

  •  
  • 1
  •  
    1
    Share

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हुँदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छु, मन्त्री अर्यालले भनिन्, “तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।”

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिइन् । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन् । प्रबद्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन् ।

उपलब्ध स्रोत साधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ, अब यतिले मात्र आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ, मन्त्री अर्यालले भनिन्, “आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढङ्गले तपाईहरु अगाडि बढ्नुस् ।” विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य स्वच्छता कायम गर्न सबैले ध्यान दिइरहेको जानकारी गराए ।

.

  •  
    1
    Share
  • 1
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाद्यवस्तुको गुणस्तर मापनमा ध्यान दिऔँ : मन्त्री अर्याल

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । मानव...

के भिटामिन डी ले कोरोनाबाट जोगाउछ ?

भिटामिन 'डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरित्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध...

खाद्य स्वच्छताका लागि ७ बुदे प्रतिवद्धता

झापा । दमक नगरपालिकामा मासु तथा दुधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । उपभोक्ता...

खाद्य ऐन नमान्नेमा पानी उद्योग सबैभन्दा अगाडी

काठमाडौँ । खाद्य ऐनका प्रावधान नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन...

अन्य सम्बन्धित

  •  
    1
    Share
  • 1
  •