•  
  • 41
  •  
    41
    Shares

खाद्य ऐन नमान्नेमा पानी उद्योग सबैभन्दा अगाडी

  •  
  • 41
  •  
    41
    Shares

काठमाडौँ । खाद्य ऐनका प्रावधान नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्ड अनुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १८९ नमूना सङ्कलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विगभका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेको उनले बताए ।

यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमूना सङ्कलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् । खानेतेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई÷दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।

पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ उजुरी कारवाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् । प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका प्रवक्ता महर्जनले बताए ।

यसअवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आव २०७७र७८ को पहिलो चौमासिक अवधिमा जम्मा नौ हजार ५५ आयात अनुमति जारी गरिएको छ । विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ । त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ वटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ । काठमाडौँलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ ।

.

  •  
    41
    Shares
  • 41
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाद्यवस्तुको गुणस्तर मापनमा ध्यान दिऔँ : मन्त्री अर्याल

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । मानव...

के भिटामिन डी ले कोरोनाबाट जोगाउछ ?

भिटामिन 'डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरित्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध...

खाद्य स्वच्छताका लागि ७ बुदे प्रतिवद्धता

झापा । दमक नगरपालिकामा मासु तथा दुधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । उपभोक्ता...

खाद्य ऐन नमान्नेमा पानी उद्योग सबैभन्दा अगाडी

काठमाडौँ । खाद्य ऐनका प्रावधान नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन...

अन्य सम्बन्धित

  •  
    41
    Shares
  • 41
  •