•  
  •  
  •  

मासुलाई कसरी स्वस्थ र सुरक्षित बनाउने ?

  •  
  •  
  •  

हिन्दु नेपालीहरुको महान चाड दशैले छपक्कै छोपिसकेको छ । दशै आफन्तहरु भेटघाट गर्ने, मान्यजनहरुबाट टिका, आशिर्वाद लिने महान चाड हो । कोरोना भाइरसको संक्रमणको त्रासका कारण यस बर्षको दशै अघिल्ला बर्षभन्दा अलि फरक हुनेछ ।

दशैलाई मासु बढि खपत हुने चाडका रुपमा पनि लिइन्छ । दशै आउँदा धेरैको सोच नै मासु टन्न खान पाईन्छ भन्ने हुन्छ । अरु बेला आक्कल झुक्कल मासु पाक्ने भान्सामा पनि दशैको समयमा टन्नै मासु पाक्दछ । धेरैजसोको त घर मै खसि, बोका, सुंगुर, च्यांग्रा मार नहानी हुदैन । तर रमाइलोका लागि खाइने यहि मासु खाने, भण्डारण गर्ने कुरामा विचार गरिएन भने विषाक्त पनि हुन सक्दछ ।

बध गर्नु अगाडी ख्याल गर्नु पर्ने कुराहरु
कुनै पनि जनावरलाई मासुको लागि बध गर्नका निम्ति २४ घन्टा अघिसम्म खान नदिइ भोको राख्नु पर्दछ । यसो गर्नाले उक्त जनवारको भुडीको लादीमा कमि आउँछ र काट्ने क्रममा मासु र लादीको प्रत्यक्ष सम्पर्क हुने सम्भावना कम भइ लादीबाट मासुमा आउने रोगजन्य किटाणुहरुलाई टाढा राख्न मद्दत हुन्छ। मार्नु अघि जनावरलाई राम्रो आरम दिनु पर्छ । लखेट्ने, पिट्ने, यातना दिने जस्ता कार्यले मासुमा ग्ल्याइकोजेनको मात्रा घटेर मासुको अम्लियपना बढ्छ। त्यस्तो मासु चाडै बिग्रने सम्भावना धेरै हुने गर्छ ।

मासुका लागि बध गर्नु अगाडी जनावरलाई राम्रोसंग हेरेर केही रोग लागेको, घाउचोट भएको लक्षण खोज्नु पर्दछ र त्यस्तो भेटिएमा उक्त जनावरको मासु खान योग्य हुदैन। बध गर्नु अगाडी गरिने जाँचलाई एन्टि मोर्टम इन्सपेक्सन भनिन्छ । जनवारलाई सकेसम्म पिडा नहुने गरि वा पहिले बेहोस बनाउने अनि मात्र मार्नु उपयुक्त हुन्छ तर दशैमा मार हान्ने चलन भएकाले एकै झट्कामा मार्ने बिधि अपनाउन सकिन्छ । काटिसकेपश्चात घाँटीमा हुने जुगुलर शिरा र क्यारोटिड धमनीले रक्त सञ्चारमा महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा ति रक्तनलिहरुबाट धेरै भन्दा धेरै रगत निकाल्ने विधि अपनाउनु पर्दछ । यसले पनि मासुको गुणस्तरसङ्ग सिधा सम्बन्ध राख्दछ। रगतमा किटाणुको बास बढि हुने हुदा मासुबाट रगत धेरै भन्दा धेरै निकल्दा मासु सुरक्षित हुन्छ ।

जनवारको शरीरको रौँ निकाल्न हालिने तातो पानीको तापक्रम सकेसम्म करिब ७० डिग्री सेल्सिअसमा राख्नु पर्दछ बढी तातो वा चिसो पानीको प्रयोगले मासुको गुणस्तर बिग्रिन्छ। मासु काट्दा पेट, आन्द्राभुडी निकाल्ने क्रममा त्यस्ता अंगको मुल मासुसँग सम्पर्क हुन दिनु हुदैन । विशेषगरि लादि मासु बिगार्ने प्रमुख किटाणुको श्रोत भएकाले त्यसलाई सुरक्षित विसर्जन गर्नु पर्दछ। काटिसकेपछी मासुको सरसफाइ राम्ररी गर्नु पर्दछ ।

मासुको सुरक्षित भण्डारण

बध गर्नु अगाडी राम्रो देखिएको जनावरको मासु पनि काटिसकेपछि फेरि अवलोकन गर्नु पर्दछ, जसलाई पोस्टमार्टम इन्पेक्सन भनिन्छ । जनवारको भित्री अङ्ग जस्तैः कलेजो, मृगौला, फोक्सो र मुटु आदिमा कुनै पनि खालको घाउ वा पानी फोका जस्तो एबनर्मालिटी देखिएमा त्यस्तो खानका लागि उपयुक्त नहुन सक्छ।

जनवारको मासु सकेसम्म छालासँग नखानु राम्रो हो। जनावरमा रोग निम्त्याउने किटाणु छालामा पनि हुने र त्यसको सेवनले मानव शरीरलाई पनि नकारात्मक असर पार्ने भएकाले स्वास्थ्यका दृष्टिले छालारहित मासु खानु राम्रो मानिन्छ।

भण्डारण मासुको गुणस्तर मापन गर्ने एउटा सूचक रिगोर मोर्टिस हो। जनावर मरिसकेपछी पनि मासुमा मेटाबोलिजम भइरहेको हुन्छ अर्थात मासु पुर्ण रूपमा मरिसकेको हुदैन । मासुको कोषमा संचित भएको ग्ल्याइकोजेनले गर्दा मासुले पछिसम्म मेटाबोलिजम गर्न उर्जा पाउछ। मासु मर्ने प्रकृयालाई रिगोर मोर्टिस भनिन्छ। यो प्रक्रिया पूरा भएपछि मासुको गुणस्तर राम्रो हुन्छ जुन पूरा हुन खसी बोकाको मामिलामा ३ देखि ४ घन्टा लाग्दछ, अझै ठुलो जनावरलाई धेरै समय लाग्दछ। रिगोर मोर्टिस पूरा भएको मासुलाइ ४ डिग्री सेल्सियस भन्दा कम तापक्रममा फ्रिजमा राख्नु पर्दछ ।

मासु काटेर सिधै फ्रीजिन्ङ गर्नाले मासुमा कोल्ड सटेनिङ हुन्छ जस्ले मासुलाई पाँच गुणा सम्म साहृो बनाउछ र पाकेपछी रबर जस्तो जति चपाए पनि नचपिने हुन्छ । उक्त मासु फ्रीज बाट निकालेपछी बरफ पग्लिदै गर्दा पानिसंगै मासुमा भएका सबै पोषक तत्व जान्छ र मासुको आफ्नो स्वाद र गुणस्तरमा हृास आउँछ। त्यसैले मासु काट्ने बित्तिकै फ्रिजमा राख्नु हुदैन । खसिको मासु बध गरेको ३ देखि ४ घन्टा पर्खिएर फ्रिजमा राख्दा स्वास्थ्य र स्वाद दुबैका लागि राम्रो हो ।

मासुमा पाइने पोषक तत्वहरु
मासुमा प्रोटिन, बोसो, भिटामिन, खनिज पदार्थहरु जस्तैः आइरन, फोस्बोरस, जिन्क, नुन आदि पाइन्छ। मासुमा कार्बोहाइड्रेट एकदमै कम वा नगन्य मात्रामा पाइन्छ। मासु प्रोटिनको एकदमै राम्रो स्रोत हो। शरीरमा आवश्यक पर्ने प्रोटिनको महत्वपुर्ण अत्यावश्यक एमिनो एसिडहरु मासुमा पाइन्छ ।
भिटामिनहरु ए, डि, इ, के, तथा बि को पनि श्रोतका रुपमा मासुलाई लिइन्छ। मासुमा पाइने चिल्लो पदार्थ रातो (खसी, बोका, राँगा) र सेतो (कुखुरा, माछा) मासु अनुसार फरक फरक हुन्छ। रातो मासुमा सेतो मासु भन्दा धेरै सेचुरेटेड बोसो हुन्छ जसले शरिरमा कोलेस्टेरोल बढाउने काम गर्छ तथा रातो मासुले मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका, युरिक एसिडको मात्रा बढ्ने भएकाले दीर्घ रोग भएका मानिसले यस्तो मासु नखानु नै बेस हुन्छ।

स्वच्छ र सुरक्षित खानेकुरा, मासु खाऔ, स्वस्थ भएर चाँडवाड मनाऔ ।

दशैको मंगलमय शुभकामना ।

(लेखकद्धय खाद्य प्राविधिक हुन् ।)

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •