•  
  •  
  •  

कोभिड १९ बाट बच्न खाद्य व्यवसायीले अपनाउनु पर्ने सावधानीहरु

  •  
  •  
  •  

यति बेला कोभिड १९ को महामारी देशैभर बढिरहेको छ । काठमाडौ लगायतका शहर र तराईका केहि जिल्लाहरुमा यसको संक्रमण फैलावट दर झनै उच्च छ । गृह मन्त्रालयको तथ्यांक अनुसार हाल ४० भन्दा बढि जिल्लाहरुमा पुर्ण वा आंशिक बन्दाबन्दि तथा निशेधाज्ञा लगाइएको छ । खाद्य वस्तु, औषधीसम्बन्धी व्यवसाय र अन्य अत्यावश्यक सेवा बाहेक सबै व्यवसायहरु ठप्प प्राय छन् ।
बन्दाबन्दिमा कतिपय खाद्य व्यवसाय सञ्चालन गर्न पाइने भएता पनि संक्रमण सर्न सर्ने जोखिमका कारण त्रास व्याप्त छ । यसै बीच खाद्य व्यवसाय गर्दा कोभिड १९ सर्न नदिन अपनाउनु पर्ने सावधानीहरुका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले मार्ग दर्शन जारी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीका प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दहालको नेतत्वको विज्ञ समूहले तयार पारेको मार्ग दर्शनमा खाद्य उद्योगमा काम गर्ने कर्मचारीले पालना गर्नु पर्ने सावधानी, होटल, रेस्टुरेन्ट सञ्चालन गर्दा तथा फुड पिकअप वा डेलिभरी गर्दा अपनाउनु पर्ने सावधानी देखि आम उपभोक्ताले खाद्य पदार्थ किन्दा तथा उपभोग गर्दा अपनाउनु पर्ने सावधानीहरु समेटिएको छ ।

१. कामदार तथा कर्मचारीहरुले अपनाउनु पर्ने सावधानी

खाद्य उद्यमी, व्यवासायीहरुले कार्यक्षेत्रमा खटिने कामदार तथा कर्मचारीहरुलाई कोभिड—१९ रोगको संक्रमणबाट सुरक्षित राख्न निम्न बमोजिमका साबधानी अपनाउने :

  • प्रि—स्क्रिन टेष्ट जस्तै शरीरको तापक्रम नाप्ने, लक्षणहरुको पहिचान गर्ने ।
  • कामदारहरुलाई कार्यक्षेत्रमा प्रवेश गर्नुअघि कम्तिमा २० सेकेण्ड साबुन र सफा पानीले हात धुन लगाउने तथा स्यानिटाईजरको प्रयोग गर्ने ।
  • काम गर्ने कार्यक्षेत्र भित्र सरसफाई गरी डिस्इन्फेक्ट गर्ने साथै प्रयोग हुने सामाग्रीहरु पनि पटक पटक सफा गर्ने ।
  • कामदारहरुले मास्क तथा पञ्जाको प्रयोग गर्ने र अन्य कामदारहरु बिचको दुरी कम्तिमा ६ फिटको दुरी कायम गर्ने ।
  • कोभिड—१९ रोगका लक्षणहरुबारे सबै कामदार तथा कर्मचारीहरुलाई सुसुचित गराउने ।
  • कुनै पनि संक्रमित रोगको लक्षण देखिएका कामदारलाई काममा नलगाउने ।
  • खाद्य पदार्थ तयार गर्दा वा परिचालन गर्नु अघि खोकी वा हाच्छियूँ गरे पछि, शौचालयको प्रयोग पछि वा सबैको सम्पर्कमा आउने सतह जस्तै ढोका, टेबल, पैसा आदि छोए पछि, अन्य कुनै सामान समाएपछि, खाना खानु अघि कामदारहरुलाई कम्तिमा २० सेकेण्ड साबुन र सफा पानीले हात धुन लगाउने तथा स्यानिटाईजरको प्रयोग गर्ने ।
  • आँखा, नाक, मुख तथा अंग छुने, चलाउने कार्य नगर्ने, यदि छोएमा तुरुन्त साबुन पानीले हात धुने ।
  • तयारी खाद्य पदार्थ परिचालन गर्दा पञ्जा, मास्क, र अन्य सुरक्षा प्रदान गर्ने सामाग्रीहरुको प्रयोग गर्ने ।
  • खोक्दा वा हाच्छियूँ गर्दा टिस्यू वा रुमालले नाक, मुख छोप्ने र उक्त टिस्यू डस्टबिनमा फाली साबुन पानीले हात धुने ।
  • कार्य स्थलमा संक्रमणको जोखिम कम गर्न सकेसम्म थोरै कामदारहरुको समूह बनाई कामदारहरुको एक अर्का बिचको दुरी कम्तिमा ६ फिट कायम गर्ने ।
  • आफुले काम गर्ने कार्यक्षेत्र संधै सफा राख्नुका साथैडिस्इन्फेक्ट गर्ने र काममा प्रयोग हुने सामाग्रीहरु पनि पटक पटक सफा गर्ने ।

२. खाद्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्रि वितरण गर्दा अपनाउनु पर्ने सावधानी

  • खाद्य उत्पादन, प्रशोधन तथा सेवा प्रदायकहरुले खाद्य स्वच्छताका पाँच सन्देश अबलम्बन गर्नेः सरसफाई राख्ने, स्वच्छ पानी र खाद्य बस्तुको मात्र प्रयोग गर्ने, राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्ने र खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने ।
  • कार्य स्थलमा संक्रमणको जोखिम कम गर्न सकेसम्म थोरै कामदारहरुको समूह बनाई कामदारहरुको एक अर्का बिचको दुरी कम्तिमा ६ फिट कायम गर्ने ।
  • आफुले काम गर्ने कार्यक्षेत्र संधै सफा राख्नुका साथै डिस्इन्फेक्ट गर्ने र काममा प्रयोग हुने सामाग्रीहरु पनि पटक पटक सफा गर्ने ।
  • मेशिनरी औजार, धेरै छुइने, सम्पर्कमा आउने सतहहरु जस्तै ढोका, डोरबेल, बिल भुक्तानि गर्ने काउन्टर, टच प्याड, सवारी साधन आदि स्यानिटाईजरको प्रयोग गरी पटक पटक डिस्इन्फेक्ट गर्ने ।
  • खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने सतह, भाँडा—वर्तन, खाद्य पदार्थ तयार गर्ने सतह आदि प्रयोग पश्चात्राम्ररी धुने र सफा तथा सुख्खा राख्ने, प्याकेजिङ्ग नगरिएका खुल्ला खाद्य पदार्थहरुहात नधोई नचलाउने।
  • उपभोक्ता/ग्राहक द्वारा छुइने सतहहरु जस्तै ढोकाको ह्यान्डल, उपकरण, टेबल, सामान राख्ने कार्ट, चेक—आउट काउन्टरहरु स्यानिटाइजरको प्रयोग गरी पटक पटक डिस्इन्फक्ट गर्ने ।
  • स्यानिटाइजर प्रयोग गर्दा लेबलमा दिइएको निर्देशन अनुरुप गर्ने ।

३. होटल, रेस्टुरेन्ट, भोजनालय संचालन गर्दा अपनाउनु पर्ने सावधानी 

  • सेवा प्रदायक (होटल, रेष्टुरेन्ट, भोजनालय) ले खाद्य पदार्थ तयार गर्दा, सेवा प्रदान गर्दा निम्न कुरामा ध्यान दिने: खाद्य स्वच्छताका पाँच सन्देश अबलम्बन गर्नेः सरसफाई राख्ने, स्वच्छ पानी र खाद्य बस्तुको मात्र प्रयोग गर्ने, राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्ने र खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने ।
  • राम्ररी पाकेको खाद्य पदार्थ मात्र उपलब्ध गराउने ।
  • पकाएको खानेकुरालाई सामान्य तावक्रममा २ घण्टा भन्दा बढी नराख्ने ।
  • पकाएको वा चाँडै बिग्रने खानालाई ५ डिग्रि सेन्टिग्रेड भन्दा कम तापक्रममा रेफ्रिजिरेटरमा राख्ने ।
  • खाना पस्किदा खानाको तापक्रम ६० डिग्रि सेन्टिग्रेड भन्दा बढी (बाफ आउने अवस्थामै) हुनु पर्छ, ।
  • लामो समयसम्म जोखिमपूर्ण तापक्रममा (५ देखि ६० डिग्रि सेन्टिग्रेड सम्म) खाद्य पदार्थ भण्डारण नगर्ने ।
  • खाद्य पदार्थ परिचालनमा संलग्न कर्मचारी तथा कामदारहरुलाई खाद्य पदार्थ परिचालनका सुरक्षित विधि सम्बन्धी तालिम दिने,
    संक्रमण नियन्त्रणका लागि ग्राहक, उपभोक्तालाई देहाय बमोजिम गर्ने गराउनेः

     

    • एउटै भाँडा, वर्तन वा डिस्पेनसर प्रयोग हुने सेवा जस्तै सलाद वार, बफेट, पेय पदार्थ स्टेशनहरु बन्द गर्ने ।
    • खाद्य पदार्थ वा बिल भुक्तानीका लागि लाइन बस्दा ग्राहकहरु बिच आवश्यक सामाजिक दुरी कायम गर्न सहयोग गर्ने ।
    • ग्राहकलाई खाद्यन्न भण्डारण तथा खुद्रा पसल, होटल, रेष्टुरेन्टहरुमा घर पालुवा जनावर ल्याउन रोक लगाउने, दुरुत्साहन गर्ने ।
    • ग्राहकका लागि खाद्य पदार्थ पस्कन प्रयोग हुने प्लेट, चम्चा, गिलास, बटुका आदि तातो पानीले सफा गर्ने ।
    • ग्राहकहरुका लागि हात धुने साबुन र सफा पानी एवं स्यानिटाइजरको व्यवस्थापन गर्ने ।

४. फुड पिकअप वा डेलिभरी सेवा प्रदायकले अपनाउनु पर्ने सावधानी 

फुड पिक अप वा डेलिभरी सेवा प्रदायकले सेवा प्रदान गर्दा निम्न कुरामा ध्यान दिने ।

  • बिरामी भएका व्यक्तिलाई खाद्य पदार्थ परिचालन गर्न नदिने ।
  • खाद्य पदार्थ परिचालन गर्नु अघि, खोकी वा हाच्छ्यु गरेपछि, शौचालयको प्रयोग पश्चात्वा सबैको सम्पर्कमा आउने सतह जस्तै ढोका, टेबल, पैसा आदि छोएपछि, अन्य कुनै सामान समाए पछि, खाना खानु अघि कामदारहरुलाई कम्तिमा २० सेकेण्ड साबुन र सफा पानीले हात धुन लगाउने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
  • धेरै छुइने, सम्पर्कमा आउने सतहहरु जस्तै ढोका, डोरबेल, बिल भुक्तानि गर्ने काउन्टर, टच प्याड, सवारी साधन आदि स्यानिटाईजरको प्रयोग गरी पटक पटक डिस्इन्फेक्ट गर्ने ।
  • स्यानिटाइजर तयार र प्रयोग गर्दा लेबलमा दिइएको निर्देशन अनुरुप गर्ने ।
  • ग्राहकलाई सामाजिक दुरी कायम राख्न सहयोग गर्न खाद्य पदार्थ डेलिभरीका लागि पिक—अप जोन निर्धारण गर्ने ।
  • खाद्य पदार्थ डेलिभरी गर्ने व्यक्तिलाई मास्क र अन्य व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था गरी सो प्रयोग गर्न प्रोत्साहन गर्ने ।
  • खाद्य पदार्थ डेलिभरी गर्दा, वितरण गर्दा सामाजिक दूरी कायम राख्न हातले छोएर लिने दिने कार्य नगर्ने ।
  • खाद्य पदार्थ डेलिभरी गर्दा तातो खाना तातै र चिसो खाना चिसै राख्नका निम्ति उचित भाँडाको प्रयोग गर्ने, बाह्य संक्रमणबाट जोगाउन डेयिलभरी गर्दा खाद्य पदार्थलाई राम्रोसंग प्याकेजिङ्ग गर्ने, खाद्य पदार्थ डेलिभरी गर्न प्रयोग गरिने कुलर तथा हट केस नियमित रुपमा सफा र स्यानिटाइज गर्ने ।

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्णरुपमा लकडाउन भए पनि ३ महिनालाई पुग्ने खाद्यान्न बजारमा मौज्दात छ : वाणिज्य विभाग

दैनिक उपभोग्य वस्तु ३ महिनाका लागि मौज्दात रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपूर्ति...

खाद्यान्न ढुवानी नहुँदा साइपालमा भोकमरीको चिन्ता

बझाङ । सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको...

महामारीमा अखाद्य वस्तु बिक्री भएको पाइए उजुरी गर्न विभागको आग्रह

कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई...

कोरोनाले सिकाएको पाठः प्राङ्गारिक उत्पादनतर्फ किसान

म्याग्दी । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता...

अन्य सम्बन्धित

  •  
  •  
  •