चीनबाट सुरु भएको कोरोना भाइरसले अहिलेसम्म सयौंको ज्यान लिइसकेको छ भने संसारभर हजारौंमा यसको संक्रमण देखिएको छ । नेपालमा यसको संक्रमण फैलि नसकेको भएता पनि अहिलेसम्म एक जनामा यसको संक्रमण देखिएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका कारण नेपालमा यसको संक्रमण फैलिएमा भयानक रुप लिने विज्ञहरुको भनाई छ । कोरोनाजस्ता भाइरसको संक्रमणबाट बच्न सामान्य सावधानी अपनाए पनि पर्याप्त हुन्छ ।
- सरसफाइमा विशेष ध्यान दिने : सधै साबुन पानीले मिचिमिचि हात धुने, विशेष गरेर दिशा धोइ सकेपछि र खाना पकाउनु,खानु अगाडि हात राम्रोसँग धुनुपर्दछ । घरबाट बाहिर भएको अवस्थामा अल्कोहल बेस्ड ह्यान्ड सेनिटाइजरको प्रयोग गर्न सकिन्छ ।
- आवश्यकता पर्दा मात्र घरबाहिर निस्कने, भिडभाडमा सकेसम्म नजाने: भीडभाड भएको ठाउँहरुमा हावामा समावेश भाइरसबाट इन्फेक्सन हुने खतरा हुन्छ । यदि सार्वजनिक ठाउँमा जानु नै परेमा मास्क लगाएर मात्र जाने । मास्कको छनोट गर्दा साधारण सर्जिकल मास्कभन्दा गुणस्तरीय मास्क (एन९५)को प्रयोग गर्ने ।
- हाच्छयुँ गर्दा र खोक्दा मुख छोप्ने: हाच्छ्युँ आइरहेको वा खोकी लागेको छ अवस्थामा मुख र नाकलाईं सफा रुमालले छोपेर मात्र हाच्छ्युँ गर्ने, खोक्ने गर्नु पर्दछ ।
- खानपानमा ध्यान दिने : रुघाखोकी लाग्न नदिनका लागि शरीरको रोग प्रतिरोधक क्षमता बढाउने खालको खानेकुरा खाने, दाल, सुप, तातो पानीको सेवन गरिराख्ने ।
- फोहोर हातले आफ्नो आँखा, नाक अथवा मुख छुनु हुँदैन ।