•  
  •  
  •  

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता : डाइटिसियन प्रतिमाका टिप्स

  •  
  •  
  •  

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड १९ को अहिलेसम्म कुनै पनि खोप, औषधी पता लाग्न सकेको छैन । कुनै उपचार नभएको यस रोगबाट बच्न हामीले धैर्यताका साथ आफ्नो स्वास्थ्यलाई पुर्ण रुपले ध्यान दिनु जरुरी हुन्छ । कुनै पनि रोग लाग्न नदिन वा लागि सकेपछि निको हुन शरिरको रोग प्रतिरोधात्मक शक्ति मजबुत हुनु पर्दछ ।
रोग प्रतिरोधात्मक शक्ति भन्नाले बाह्य संक्रमण रोक्नका लागि हाम्रो शरिरले बनाएको एक प्रकारको प्रतिरक्षा प्रणाली हो । शरिरको प्रतिरक्षा प्रणाली मजबुत रहन उचित खानपान र स्वस्थ जिवनशैलीको भुमिका महत्वपुर्ण रहन्छ ।

पहिलो आधार : स्वस्थ र सन्तुलित भोजन
स्वस्थ र सन्तुलित भोजन हाम्रो शरिर स्वस्थ रहने मुख्य आधार हो ।एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेटरी गुण भएका खाना प्रत्यक्ष रुपमा हाम्रो शरिरको रोग प्रतिरोधात्मक शक्तिसँग सम्बन्धित हन्छन। यस्तो खानामा बेसार,अदुवा, लसुन, प्याज आदि पर्दछ । बिशेषत यस्तो खानालाई प्राकृतिक एन्टिबायोटिक भनिन्छ। बिभिन्न अनुसन्धानका अनुसार भिटामिन ए, बि६, बि१२, सि, डि, इ ले पनि हाम्रो शरिरको रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्धत गरिरहेका हुन्छन् । कागती, सुन्तला, अमला, अम्बा, किबि, स्टबेरी, मेवा, ताजा हरियो सागपात, बदाम, सिलाम, ब्रोकाउली, पालुङ्गो, दही जस्ता खानामा पर्याप्त मात्रामा यस्ता भिटामिन पाइन्छ। लकडाउनको अवस्थामा ताजा फलफुल र हरिया सागपात पाउनु चुनौतिपुर्ण भएतापनि उपलब्ध भएसम्म यस्ता खानालाई आफ्नो दैनिक खानपानमा सन्तुलित रुपमा समाबेश गर्नु पर्दछ ।

व्यायामको भुमिका
दैनिक रुपमा गरिने व्यायामले पनि हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्धत गरिरहेको हुन्छ । विज्ञहरुको भनाई अनुसार शारिरीक रुपले सक्रिय रहँदा हाम्रो शरिरको एन्टिबडी कोष, टि सेलहरुको उत्पादनमा सहज हुन गई बाह्रय संक्रमण रोक्न शरिर सक्षम रहने गर्दछ । त्यसैले कम्तिमा हप्ताको ५ दिन दैनिक ३०–४५ मिनेट हामिले व्यायामलाई निरन्तरता दिदा शरिर स्फुर्त हुन गई शरिरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ ।

निन्द्राको भुमिका
विभिन्न तथ्याङ्क अनुसार शरिरको रोग प्रतिरोधात्मक शक्ति बलियो हुनुमा निन्द्राको ठुलो भुमिका हुन्छ । दैनिक कम्तिमा ७ घण्टा राम्ररी निदाउदा शरिरको रोग प्रतिरोधी क्षमता मजबुद हुन सघाउ पुग्ने धेरै अध्ययनको निष्कर्ष छ । । उचित निन्द्राले तनाव हर्मोनहरु जस्तै एडिनालिन र कर्टिसोलको उत्पादनमा कमि आइ र शरिरको एन्टिबडिजहरु सक्रिय रहि शरिरको प्रतिरक्षा प्रणालीमा थप सधाउ पुग्दछ ।

(डाइटिसियन, डाइबेटिज तथा इन्डोक्राइनोलोजी सेन्टर तथा सुमेरु अस्पताल)

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाद्यवस्तुको गुणस्तर मापनमा ध्यान दिऔँ : मन्त्री अर्याल

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् । मानव...

के भिटामिन डी ले कोरोनाबाट जोगाउछ ?

भिटामिन 'डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरित्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध...

खाद्य स्वच्छताका लागि ७ बुदे प्रतिवद्धता

झापा । दमक नगरपालिकामा मासु तथा दुधको बजार व्यवस्थापनका लागि सरोकारवालाहरुले ७ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । उपभोक्ता...

खाद्य ऐन नमान्नेमा पानी उद्योग सबैभन्दा अगाडी

काठमाडौँ । खाद्य ऐनका प्रावधान नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन...

अन्य सम्बन्धित

  •  
  •  
  •