•  
  •  
  •  

बर्षायाम, खाद्य विशाक्तता र बच्ने उपाय

  •  
  •  
  •  

सम्पुर्ण राई

बर्षायामको सुरुवातसँगै झाडापखालाजस्ता संक्रामक रोगको जोखिम बढेको छ । अघिल्ला बर्ष गर्मियाममा पानीजन्य संक्रामक रोगका कारण धेरै मानिसको मृत्यु हुने गर्दथ्यो । यस बर्ष झाडापखालाजन्य रोगसँगै कोरोनाको जोखिम र त्रास झन धेरै छ । संसार भरीमा वर्षेनी २० लाख भन्दा बढी मानिसको खाद्यन्न तथा पानीजन्य झाडापखालाबाट मृत्यु हुने गर्दछ ।
विशेष गरी विकाशोन्मुख देशमा खाद्य स्वच्छतामा ख्याल नपुग्दा खाना तथा पानीजन्य माध्यमबाट सर्ने झाडापखालाका कारण मृत्यु दर धेरै छ । विश्व स्वास्थ्य संगठनका अनुसार ५ बर्ष मुनीका बालबालिकाहरु, गर्भवती महिला, एचआईभी संक्रमित व्यक्ति र क्षय रोगको बिरामीलाई खाद्य विषाक्तता बढि जोखिम वर्गमा राखेको छ ।
हाल कोरोना भाइरसको महामारी व्याप्त छ । बढ्दो क्रममा रहेको संक्रमणका कारण मात्र हैन क्यारेन्टाइनमा झाडापखाला लागेर वा अन्य कारणले पनि मानिसको मृत्यु भइरहेको छ । हालको माहामारीले पनि कोभिड संक्रमित व्यक्तिलाई स्वच्छ तथा पोषिलो खाना अति आवश्यक पर्ने वर्गमा भएको पुष्टि गरेको छ । खाद्यन्नजन्य रोग सम्बन्धी जनचेतना नफैलाउने हो भने कोरोनासँगै खाद्य विषाक्तताका कारण धेरै मानिस खतरामा पर्न सक्दछन् ।

केही दिन अगाडी मात्रै प्रादेशिक अस्पताल, जनकपुरबाट राजु सदाको भयावहक मृत्युको खबर आएको थियो । भारतको अहमदावाद रोजगारको सिलसिलामा पुगेका र कोभिड–१९ माहामारीका कारण स्वदेश फर्किएका सदालाई क्वारेन्टिनमा भर्ना गरियो । अव्यवस्थित क्वारेन्टिन र अस्वच्छ खानाका कारण उनी झाडापखालाले ग्रसित भए । कोभिडको टेष्टको लागी नमुना संकलन गरी अस्पतालको आइसोलेसनमा भर्ना गरीयो । उनको कोभिडको रिपोर्ट ढिला आएका कारण स्वस्थ्यकर्मीलाई पनि उपचार गर्न कठिनाई पर्यो र उनको मृत्यु एक पुरीया जीवनजल पिउन नपाई भयो । क्वारेन्टिनमा स्वच्छ खाना उपलब्ध भएको भए परिवारले एउटा छोरो र देशले एउटा नागरिक गुमाउने थिएनन ।

खानाको स्वच्छतामा खाना तयार पार्दा प्रयोग हुने पानीको गुणस्तर देखि भान्सा देखि खाना बनाउने व्यक्तिको सरसफाईले ठुलो भुमीका निर्भाह गर्दछ । सफा र सुरक्षीत पिउने पानीको उपलब्धता नै अन्योलमा परेका कारणले, नेपालमा घरायसी स्तरमा खाना तयार गर्दा सुरक्षीत पानीको प्रयोग हुन नपाउनाले पनि खाना तथा पानीजन्य रोगको जोखिम उच्च छ । धेरैजसो ठाउहरुमा धारा वा कलको पानी शुद्धिकरण नगरि खाने चलन छ जसले जोखिम बढाउदछ । त्यस्तै हात धुनेलगायतको व्यक्तिगत सरसफाई र खाना बनाउने भान्साको सरसफाई अभ्यास पनि कमजोर रहेको देखिन्छ ।

धेरैजसोको कच्चा खाना पकाउने तरिकादेखि भण्डारण गर्ने अभ्याससमेत खाद्य स्वच्छता कायम हुने खालको देखिदैन । असुरक्षित पानीको प्रयोगले खानामा हानिकारक रोगजनक शुक्ष्मजीव (वोटुलिज्म टक्सिन, ई–कोलि संक्रमण, सालमोनेलोसिस), गह्रौ धातु, विषादी, आदि को संक्रमण बढ्दछ । व्यक्तिगत देखि भान्साको सरसफाई नहुदा पनि यस्ता जीवाणु संक्रमणको जोखिम बढाउदछ ।

खानाको स्वच्छता कायम नहुने अवस्थाहरुः
१) खाना पकाउदा पर्याप्त मात्रामा तापमा नपकाउनु ।
२) खाना पकाउने भान्सा वा ठाउँ फोहोर हुनु ।
३) खाना तयार पार्ने व्यक्तिको व्यक्तिगत सरसफाई ।
४) धेरै समयसम्म कोठाको तापक्रममा तयार गरीएको खाना असुरक्षित तरीकाले भण्डारण गर्नु ।
५) भण्डारण गरीएको खाना आवश्यक मात्रामा नपकाउनु ।
६) भण्डारण गरीएको खाना फोहोर हातले छुनु ।
७) सलाद जस्ता खानेकुरा तयार गर्दा सब्जी तथा फलफुल लाई पर्याप्त मात्रामा वा असुरक्षीत पानीले पखाल्नु ।
८) भाडाकुडा फोहोर हुनु वा सफा र असुरक्षित पानीको प्रयोग गरी नपखालिएको ।

विश्व स्वास्थ्य संगठनले खाद्य स्वच्छता कायम गर्न गर्नु पर्ने मुख्य ५ काम सुझाएको छ ।

  • सधै सफा राख्ने (हातहरु, काम गर्ने वरिपरिको भुँइहरु र भाँडाकुडाँहरु) ।
  • नपाकेको र पाकेको खानाहरु एवं खाना राख्ने भाडाँकुँडा र ठूला कन्टेनरहरु छट्टुा छट्टुै राख्ने ।
  • सँधै ताजा एवं राम्रोसँग पकाएको खाना प्रयोग गर्ने (विषेश गरि मासु, अण्डा र माछा दूध) ।
  • खाना सँधै उचित तापक्रममा छोपेर राख्ने ।
  • सँधै सफा एवं सुरक्षित पानी र कच्चा खानाको प्रयोग गर्ने ।

(लेखक पोषण अधिकृत हुन् )

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
  •  
  •