•  
  •  
  •  

जीवन जोगाउने साना साथी

  •  
  •  
  •  

शुक्ष्मजीव भन्ने बित्तिकै हामीलाई रोग लगाउने परजीवि हुन भन्ने डर लाग्ने गर्दछ । नलागोस पनि कसरी ? अहिले कोरोना भाइरसले विश्व नै स्वास्थ्य संकटमा छ । बेला बेलामा यस्तै भाइरस र ब्याक्टेरियाजस्ता शुक्ष्म जीवको संक्रमणका कारण रोगव्याधी आउने गर्दछ । तर सबै शुक्ष्म जीवहरु हानीकारक मात्र हुदैनन् । कतिपय शुक्ष्म जीवको अभावमा हाम्रो जीवन नै असम्भव हुन्छ ।
माानिसको शारीरिक कोष भन्दा पनि हाम्रो शरीरमा शुक्ष्मजीवको कोष बढी हुने गर्दछ — (१.३ः१ को अुनपातमा), उदहारणका लागी; यदी ७० केजीको ५ फिट ७ इन्चको व्यक्ति छ भने उसमा ३९ ट्रिलियन (३.९ नील) शुक्ष्मजीवको कोष हुन्छ भने ३० ट्रिलियन (३ नील) शारीरिक कोष हुने गर्दछ । विशेष गरी यी शुक्ष्मजीव जठरांत्र पथ (ग्यास्ट्रोइन्टेसटाइन्ल ट्रयाक्ट) मा पाईने गर्दछ र त्यस पथमा पाईने शुक्ष्मजीवलाई गट फ्लोरा भनिन्छ। बिफिडोब्याक्टेरीया र ल्याक्टोबासिली नामक प्रजातीका शुक्ष्मजीवको संख्या बढी हुने गर्दछ । यी गट फ्लोराहरु मानिस जन्मन साथ शरीर भित्र प्रवेशगरी आन्द्राको लाइनिङ्कमा आफ्नो झुन्ड बनाई रहने गर्दछ ।

यी शुक्ष्मजीवहरु पनि हाम्रो शरीरको अभिन्न अंग जस्तै विभिन्न कार्यहरु गर्दछन् । आन्द्राको इपिथेलियम तहलाई मजबुद बनाउन, पोषक तत्वलाई पुर्ण सोसन गर्न, रोगजनक शुक्ष्मजीवबाट सुरक्षा र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने जस्ता प्रमुख कार्य गर्नेगर्दछन् । विशेष किसीमका गट फ्लोराशरुले एन्टिवायोटिक उत्पादन गर्ने भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनमा ठुलो भुमिका रहेको हुन्छ ।

जोन हप्किन विश्वविद्यालयका सोधकर्ताद्वारा अहिले, गट फ्लोराहरुले शरीरको प्रतिरोधात्मक क्षमतामा पार्ने असर बारे अझ गहन सोध भइरहेको उल्लेख भएको छ । तर जब यी शुक्ष्म जीवको झुन्डको विविधतामा असन्तुलन (Dysbiosis) विभिन्न कारणले (जस्तै; गलत खानपिन, अधिक मोटोपना, एलर्जी, स्वतप्रतिरक्षा र इरिटेबल बवेल सिन्ड्रम) उत्पन्न हुन्छ, तब माथि उल्लेख गरे जस्तै; अभिन्न अंगको रुपमा काम गर्न सक्दैन । विविधताको सन्तुलनमा ह्रास विभिन्न कारणले आउन सक्दछ तर दिनाहु उपभोग गरीने खाद्यन्न पदार्थको सबै भन्दा महत्वपुर्ण भुमिका रहेको हुन्छ । प्रिवायोटिक र प्रोवायोटिक युक्त खाद्यन्नको आवश्यक मात्रामा उपभोग गर्न सके गट फ्लोराको विविधतामा सन्तुलन आउदछ ।

प्रिवायोटिक (फाईवर) भन्नाले खानामा रहेको रेशादार अंशलाई बुझिन्छ जुन गट फ्लोराको विकास, विविधता र शरीरलाई फाइदा हुने कार्य संचालनको लागी अति आवश्यक हुने गर्दछ । प्रशोदन नगरीएको वा न्युन प्रशोदन गरीएको खाना, जस्तै; पोलिस नगरीएको चामल, आँटा, हरियो साग सब्जि तथा फलफुल (स्याउ, केरा, मौसमी फलफुल), लसुन, आलस, चिया सिड, ओट्स, आदि बाट प्रिवायोटिक प्राप्त गर्न सकिन्छ ।

त्यसै गरी प्रोवायोटिक्स भन्नाले खानामा पाईने प्राकृतिक शुक्ष्मजीव जुन हाम्रो शरीरको लागी फाइदाजनक हुन्छ । सकारात्मक कुरा गर्ने हो भने नेपालीको रैथाने खानामा प्रोवायोटिक्स प्रसस्तै पाइन्छ । फर्मेन्टेसन गरिएका खानेकुराहरु जस्तै; दही, गुन्द्रुक, किनेमा, सिप्लि, सिन्कि, आदि । चुनौतिको कुरा भने हामिले हाम्रो शरीरलाई अति आवश्यक शुक्ष्म साथि रैथाने खानाबाटै प्राप्त गर्न सक्दछौ तर हाम्रो रैथाने खाना माथिको अपहेलनात्मक दृश्टिकोणले यसको उपभोग कम हुदै गएको छ ।

(लेखक राई पोषण अधिकृत हुन् । लेखक लावती भारतमा पोषण विज्ञानमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी हुन्)

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
  •  
  •