•  
  •  
  •  

स्तनपान निरुत्साहित गर्ने वस्तु वितरण नगरौ

  •  
  •  
  •  

दिपेन्द्र भट्ट

कोभिड १९ को संक्रमणले यतिबेला विश्वभरि लाखौ मान्छेको ज्यान लिइसकेको छ भने संक्रमितको संख्या १ करोडको नजिक पुगेको छ । विश्वभरि नै यसको असर देखिरहदा नेपालमा पनि यो आलेख लेख्दासम्म ५३३५ जना भन्दा बढि संक्रिमित हुनुका साथै १८ जना भन्दा बढिको ज्यान गइसकेको छ । अहिलेको महामारीमा एकातिर भाइरसको संक्रमणले गर्दा मानिसको ज्यान लिइरहेको छ भने अर्कातिर विभिन्न अध्यनहरुले देखाएअनुसार यस भाइरसले निम्तयाएको प्रत्यक्ष वा अप्रत्यक्ष कारण अर्थतन्त्र धराप भइरहेको छ, लाखौ मानिसहरुले अन्य कारणले ज्यान गुमाइरहेका छन् । नेपालमा कोभिडका कारण भन्दा बढि आत्महत्याका कारण कयौ धेरै मृत्यु भएका छन् । नेपालमा रहेका गर्भवति तथा हजार दिनका आमा तथा तिनिहरुका शिशु तथा बच्चाको स्वास्थ्य तथा पोषण अवस्थामा पनि असर पुगिरहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक आमाहरुले ६ महिना सम्म आफ्ना बच्चाहरुलाई आफ्नो दूध मात्र खुवाउनु पर्दछ । स्तनपानलाई प्रबद्र्धन गर्न र आमाको दूध प्रतिस्थापन गर्ने वस्तु यिमन गर्न नेपाल सरकारले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ र नियमावलि २०५१ लागु गरेको छ । यो ऐन तथा नियमावलिको उद्देश्य स्तनपानलाई वढावा दिनुका साथै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको आवश्यक नियमन गर्नु हो ।
स्तनपान बच्चाका लागि अमृत समान हुन्छ । स्तनपायी आमाहरुले आफ्नो बच्चालाई ६ महिनासम्म पुर्ण रुपमा स्तनपान गराउँदा बच्चा स्वस्थ हुनुका साथै आमाको शरिरलाई पनि स्वस्थ राख्न सहयोग पुग्दछ । हालको यस महामारिलाई ध्यान दिदै नेपाल सरकारले अन्तरिम पोषण निर्देशिका पनि जारि गरेको छ जसमा एउटा कोभिड १९ संक्रमित आमाले पनि आफ्नो बच्चालाई स्तनपान गराउनुपर्ने कुरा उल्लेख गरिएको छ । तर अहिले विभिन्न सन्दर्भहरुलाई हेर्दा खेरि पोषण अवस्था सुधारका लागि महत्व मानिएको पुर्ण स्तनपानलाई भने ध्यान दिइएको देखिदैन ।
एकातिर ३ महिनाको शिशुको लागि संचार माध्यमको लाइभ प्रसारित कार्यक्रमबाटै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको लागि सहयोग मागिन्छ भने अर्कोृतिर राहत बाड्नेहरुले नै त्यस्ता वस्तुहरु वितरण गरिरहेको देखिन्छ । आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ र नियमावलि २०५१ ले यस्ता वस्तुको यसरी वितरण गर्नु दण्डनिय ठह¥याएको छ ।

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ र नियमावलि २०५१ का मुख्य प्रावधानहरु

  • ऐनको परिभाषा अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु” भन्नाले आमाको दूधलाई आंशिक वा पूर्ण रुपमा प्रतिस्थापन गर्न बिक्री वितरण गरिएको खाद्य वस्तु सम्झनु पर्छ भनि उल्लेख छ ।
  • ऐनको दफा ३ मा भनिएको छ यो ऐन लागू गर्ने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हुनेछ र यो ऐनको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले आवश्यकतानुसार अन्य मन्त्रालयहरुको सहयोग लिनेछ ।
  • ऐन पालन भए नभएको सुपरिवेक्षण गर्ने प्रयोजनको लागी तथा स्तनपानको संरक्षण तथा सम्वद्र्धन र उत्पादनको बिक्री वितरण नियन्त्रण गर्नको लागि नेपाल सरकारले स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति स्वास्थय मन्त्रालयको सचिवको नेतृत्वमा गठन गरिने उल्लेख छ ।
  • ऐनको दफा ७ मा मन्त्रालयले समितिको सल्लाह लिई बाल आहार सम्बन्धी सूचना तथा शैक्षिक सामग्रीको सम्बन्धमा प्रचार प्रसार गर्न स्वीकृति दिने र स्तनपानको फाईदा र विशिष्टता झल्किने गरि सूचना तथा शैक्षिक सामग्रीको प्रचार प्रसार गर्ने उल्लेख छ ।
  • स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताहरुले यो ऐनको सिद्घान्तलाई प्रवद्घन गर्नुपर्ने तथा स्तनपानलाई संरक्षण तथा प्रोत्साहन गर्नु पर्नेका साथै ऐनको उल्लघन गर्न नपाइने कुरा दफा ८ मा उल्लेख छ ।
  • ऐनको दफा ९ मा उत्पादक तथा वितरकले गर्नु नहुने कार्यका बारेमा उल्लेख गर्दै शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने विश्वास उत्पन्न गर्ने खालको विज्ञापन गर्न नपाइने भनिएको छ ।
  • उत्पादन प्रमाणिकरण गर्नु पर्ने तथा लेबलमा स्तनपान सबैभन्दा रामे्रा हो भनि झल्काउनुपर्ने प्रावधान गरिएको छ ।
  • ऐनको दफा १२ मा त्यस्ता वस्तुहरुको गुणस्तर मापन तथा यसको मापन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गर्ने उल्लेख छ भने दफा १३ मा निरक्षण सम्बन्धि उल्लेृख गर्दै उत्पादक, वितरक, स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताहरुबाट यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम पालन भए नभएको सम्बन्धमा निरीक्षण तथा जाँचबुझ गरी आवश्यक कारबाही गर्ने प्रयोजनको लागि समितिको सिफारिशमा मन्त्रालयले आवश्यक संख्यामा निरीक्षकहरु नियुक्त गर्न वा नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिई कर्मचारीहरुलाई निरीक्षक भई काम गर्न तोक्न सक्ने भनिएको छ ।
  • स्वास्थ्य कार्यकर्ता र उत्पादक तथा वितरकको दण्ड सम्बन्धि व्यवस्था यस ऐनको दफा १५ मा उल्लेख गरिएको छ र जसअनुसार ऐनका विभिन्न प्रावधानहरु उल्लङ्घन गर्ने स्वास्थ्य कार्यकर्तालाई एकहजार रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुने र उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई दशहजार रुपैयाँसम्म जरीबाना वा तीन महीनासम्म कैद वा दुवै सजाय हुने भनिएको छ ।

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्रि वितरण नियन्त्रण) ऐन २०४९ र नियमावलि २०५१ लाई राज्यको परिवर्तित संरचना अनुसार परिवर्तन गर्दै समय सापेक्ष बनाउन जरुरी छ । अहिलेको आपतकालीन परिस्थितिमा आमाको दूध प्रतिस्थापन गर्ने गरि व्यापारीहरुले तथा राहत वितरकले जानाजान वा अन्जानमा वितरण गर्ने वस्तुको नियन्त्रण गरि स्तनपानलाई प्रबद्र्धन र संरक्षण गर्नु अहिलेको आवश्यकता हो ।

(लेखक पोषणविद हुन)

.

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

खाने तेल र माछा मासुमा अत्यधिक मूल्य वृद्धि

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका...

महामारीमा बालबालिकाको पोषणमा विशेष ध्यान दिऔ

अहिलेको कोभिड १९ महामारीको अवस्थामा आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने, पोषण र स्वास्थ्य स्याहार कसरी गर्ने भन्ने कुरामा सबै...

खाद्य कम्पनीबाट खाद्यान्न किन्दा २० प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २०...

अन्य सम्बन्धित

  •  
  •  
  •